लोकमानलाई कालोमोसो दल्ने छुटे



काठमाडौं, (नेस)
अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलेको अभियोगमा जेल चलान भएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्र बुढा शुक्रबार रिहा भएका छन्। दुवैले सर्वोच्च अदालतभित्र अख्तियार प्रमुखलाई कालोमोसो दलेको भन्दै मानहानी मुद्दा लागेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौं टेकुबाट रिहाइ भएपछि नेकपा–माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले र्यालीको आयोजना गरेको थियो। कालोमोसो दलेपछि गत पुस ७ गते सर्वोच्च अदालतबाटै प्रहरीले शाही र बुढालाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्