प्रहरी भन्दा तस्कर चलाख



हेटौंडा,(नेस)। जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाका मुख्य व्यापारी नै पक्राउ गर्ने प्रहरीको योजना भने पूरा हुन पाएन ।

प्रहरीले गाँजा बरामद भएपछि मुख्य ब्यापारीलाई पक्रन एक लाख रुपियाँमा ‘कुरा मिलाएको’ नाटक गरेको थियो । तर, मुख्य ब्यापारी भने प्रहरी भन्दा चलाख निस्किए । ती ब्यक्तिले आफू नआई ‘सवारी दुर्घटना भएको’ निहुँ पारेर अर्कै ब्यक्तिलाई एक लाख रुपियाँ पठाएका कारण मुख्य ब्यक्ति पक्राउ गर्न सकिएन । एक लाख रुपियाँ ल्याउने ब्यक्ति आफूहरुको नियन्त्रणमा रहेको प्रहरी प्रमुख प्रहरी उवपरिक्षक वसन्तकुमार लामाले बताए ।

मनहरीबाट बीरगञ्ज जाँदै गरेको एचआरसी ८०३७ नम्बर भारतीय एलपी ग्यास बुलेटमा लुकाइएको गाँजा प्रहरीले विषेश सुराकीका आधारमा बरामद गरेको हो ।

सोमबार विहान करिब ३ बजे हेटौंडा–१७, रातमाटेबाट गाँजासहित बुलेटचालक भारत मुजफ्फरपुरका करिब ३० वर्षीय राजेशप्रसाद कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी लामाले बताए ।

पक्राउ परेका चालकले मकवानपुरको मनहरीबाट बाराको जीतपुरसम्म यसअघि ६ पटक एक ट्रिपको ४० हजारका दरले लिएर गाँजा पास गरेको बताएको प्रहरीले जनाएको छ ।

बुलेटमा १३ प्याकेटमा गाँजा लुकाई ल्याइएको प्रहरीले जनाएको छ । ६ पटक गाँजा पास गराउन सफल बुलेटलाई प्रहरीले सुराकीका आधारमा सातौं पटकमा नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्