राष्ट्रिय वाणिज्य बैंकले पहुँच बढाउने



काठमाडौं, (नेस)
राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपियाँ पुगेको बैंकले जनाएको छ । पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ५२औं वार्षिकोत्सवको अवसरमा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा उक्त कुरा जनाएको हो ।

६८ जिल्लामा बैंकका १७१ वटा शाखा कार्यालय, ८० वटा एटीएम र १७ स्थानमा एक्टेन्सन काउन्टर, ५७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको बैंकले चालू आर्थिक वर्षभित्र थप १८ वटा शाखा, ४० वटा एटीएम र २५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गत पुस मसान्तसम्म बैंकमा कुल निक्षेप १ खर्ब ३८ अर्ब र कुल कर्जा ९३ अर्ब ४८ करोड रुपियाँ पुगेको छ ।
यस अवधिमा खुद मुनाफा १ अर्ब ३० करोड रुपियाँ रहेको छ । २०६० सालमा बैंकको सञ्चित नोक्सानी २३ अर्ब ५६ करोड रुपियाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्