उत्कृष्टताको होडमा मेसी र रोनाल्डो



कविरस शर्मा
केही साताअघि रियल मेड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथोपटक ब्यालोन डे ओर अवार्डबाट सम्मानित भए । त्यसको एक सातापछि नै उनले चौथोपटक उकृष्ट फिफा वर्ष खेलाडीको अवार्ड पनि हात पारे ।

सो अवार्ड कार्यक्रममा आफ्ना प्रमुख प्रतिद्वन्द्वी लियोनेल मेसीसहित बार्सिलोनाका अन्य चर्चित खेलाडीहरू अनुपस्थित देखेपछि उनले यस्तो हुनुको कारण आफूले नबुझेको समेत प्रतिक्रिया दिएका थिए । वास्तवमा उनमा यो कौतुहलता जाग्नु पनि स्वभाविकै थियो । यता बार्सिलोनाका लियोनेल मेसी, लुइस स्वारेज, नेयमार जस्ता अन्य चर्चित खेलाडीले भने आफ्नो व्यक्तिगत कारण देखाई अनुपस्थित भएको स्पष्ट पारेका थिए । कारण जेसुकै भए पनि यसले रोनाल्डो र मेसीबीच इष्र्या रहेको प्रमाणित गरेको छ ।

हुन त उक्त अवार्ड जित्नेमा पा“च पटकका विजेता मेसी नै अगाडि छन् । जति पटक मेसीले अवार्ड जिते त्यतिबेला मनोनयनमा परेका उनका प्रतिद्वन्द्वीहरूको उपस्थितिले अवार्ड कार्यक्रमको शोभाले पनि उचाइ प्राप्त गर्दै आएको थियो । यसपटक भने त्यस्तो दोहोरिएन । विश्व फुटबलका पुराना तथा नया“ हस्तीहरूको भव्य जमघटसहितको उक्त कार्यक्रममा सर्वाधिक फिफा वर्ष खेलाडीको उपमा पाएका मेसीको यस्तो हर्कतले खेल भावनामा नै ठेस पु¥याएको छ ।

पछिल्ला केही समययता विश्व फुटबल जगत्मा मेसी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने कौतुहल पनि उत्कर्षमा छ । यो एउटा जटिल प्रश्न पनि हो । फुटबल जस्तो सामूहिक खेलमा व्यक्तिगत खेलमा जस्तो एकल क्षमता दा“ज्ने निश्चित माध्यम पनि हु“दैन । तर, प्रदर्शनको आधारमा भने यसलाई धेरै हदसम्म मापन गर्न सकिन्छ ।

विगत केही समययता स्पेनिस ला लिगाको आकर्षणको केन्द्रबिन्दु बन्दै आएका छन् बार्सिलोनाका लियोनेल मेसी र रियल मेड्रिडका क्रिस्टियानो रोनाल्डो । अझ यी दुई आमनेसामने पर्दा हुने ’एल क्लासिको’ म्याचले त विश्व फुटबलमा नै हलचल ल्याउने गरेको छ । वास्तवमा यी दुई वर्तमान विश्वका यस्ता उत्कृष्ट खेलाडी हुन् जो एउटै कालमा उदाएर यिनको लोकप्रियता दामासाही भएका छन् । अनि यी दुईले पाउने अवार्ड पनि अहिले यिनका समर्थकहरू माझ चासोको विषय बनेका छन् ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने प्रतिक्रियालाई मध्यनजर गर्ने हो भने अहिले विश्वभर यी दुईमध्ये कसको समर्थक बढी भनेर भन्न कठिन छ । प्राप्त अवार्डहरूको आधारमा पनि यी दुईबीच उत्कृष्ट को भनेर यकिनका साथ भन्न मुश्किल नै पर्छ । वास्तवमा यी दुईबीच धेरै कुरामा समानता र भिन्नता छ ।

अर्जेन्टिना तथा बार्सिलोनाका प्लेमेकर लियोनेल मेसी अहिलेसम्म सर्वाधिक फिफा वर्ष खेलाडी बन्ने एक मात्र खेलाडी हुन् । उनले पा“च पटक उक्त अवार्ड हात पारेका छन् । पछिल्ला ८ वर्षयता उक्त अवार्डको होडबाजीमा यी दुई आमनेसामने ह“ुदै आएका छन् । क्लब फुटबलमा मात्र होइन आफ्नो राष्ट्रिय टिमलाई पनि यी दुईले सफलता दिलाउन भरमग्दुर प्रयास गरेका छन् । मेसीको कुरा गर्नु पर्दा सन् २०१४ को फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन उनले ठूलो योगदान गरेका थिए । यस्तै महादेशीय प्रतियोगिता कोपा अमेरिकामा लगालग दुई पटकसम्म अर्जेन्टिना उपविजेतामा सीमित बन्दा उनको योगदान अतुलनीय बन्यो ।

सन् २०१४ को फिफा विश्वकपदेखि २०१६ को कोपा अमेरिकासम्म अर्जेन्टिनाले लगातार तीन वटा विश्वस्तरको प्रतियोगिताको फाइनलको यात्रा गरेर पनि उपाधि नजित्दा भने उनले अभागी खेलाडीको छवि बनायो । यस्तै अवस्था सन् २०१६ मा सम्पन्न युरोपियन कपअघिसम्म रोनाल्डोको पनि थियो । क्लबस्तरमार्फत् एउटा फुटबल खेलाडीले पाउने विश्वस्तरका सबैजसो सम्मान पाए पनि उनले राष्ट्रलाई प्रमुख प्रतियोगिताको उपाधि दिलाउन नसकेकाले अभागी खेलाडीको पहिचान बनाउँदै आएका थिए । तर, फ्रान्समा सम्पन्न युरोपियन कपमा पोर्चुगललाई पहिलोपटक उपाधि दिलाएसँगै उनले आफ्नो तृष्णा मेटाए ।

योबाहेक क्लबस्तरको प्रतियोगितालाई आधार मान्ने हो भने युरोपकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता यूएफा च्याम्पियन्स लिगमा पनि यी दुईबीच प्रतिस्पर्धा नै देखिन्छ । रोनाल्डो यूएफा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीको पहिलो स्थानमा छन् । रियल मेड्रिडका गोल मेसिन रोनाल्डोले सन् २००३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगमा डेब्यु गरेयता कुल १ सय ३३ खेलमा ९५ गोल गरिसकेका छन् ।

जुन प्रत्येक खेलबापत औसत ०.७१ गोलको आ“कडा हो । यता १ सय ११ खेलबाट ९३ गोल गरेर उक्त सूचीको दोस्रो स्थानमा रहेको लियोनेल मेसी प्रतिखेल गोल औसतको आधारमा ०.१३ ले रोनाल्डोभन्दा अगाडि नै देखिन्छन् । तथ्यांकअनुसार प्रत्येक खेलबापत मेसीको गोल औसत ०.८४ रहेको छ । स्पेनिस ला लिगालाई हेर्ने हो भने रोनाल्डोले भन्दा मेसीले अधिक गोल गरेका छन् ।

निःसन्देह यी दुवै जना फुटबलका महान् हस्ती हुन् । उत्कृष्टतामा समानता भए पनि मेसी र रोनाल्डोको खेल्ने शैलीमा भन्ने भिन्नता छ । मेसी कलात्मक फुटबल पस्कन माहिर छन् । बलियो कहलिएका कुनै पनि रक्षापंक्तिविरुद्ध टिमका साथीहरूलाई कठिन कोण र जटिल स्थानबाट गोलका लागि बल उपलब्ध गर्न सिपालु छन् उनी । उनी ड्रिब्लिङमार्फत् एक्लै गोल गर्न पनि माहिर छन् । यता रोनाल्डो पनि जस्तोसुकै रक्षापंक्तिका लागि टाउको दुखाई बन्ने गरेका छन् । शारीरिकरूपमा निकै बलिया र चुस्त भएकाले दु्रत गतिमा बललाई नियन्त्रण गरी शक्तिशाली प्रहारमार्फत् निशाना लगाउन माहिर छन् उनी ।

सिनियर फुटबलमा लागेको पछिल्ला १२ वर्षको तथ्यांकलाई आधार मान्ने हो भने मेसी र रोनाल्डोबीच धेरै समानता रहेको छ । राष्ट्रिय टिमको कुरा गर्दा सन् २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाउन मेसीले महत्वपूर्ण भूमिका खेलेका थिए । अर्कोतिर सन् २०१६ मा सम्पन्न युरोकपको उपाधि पोर्चुगललाई दिलाउन टिमको प्रेरणाको स्रोत र ऊर्जा बनेका थिए रोनाल्डो ।

यस्तै च्याम्पियन्स लिगको कुरा गर्नुपर्दा मेसी सम्मिलित बार्सिलोनाले सन् २००६, २००९, २०११ र २०१५ मा गरी चार पटक उपाधि जितेका छन् । यता रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेडले सन् २००८ तथा रियल मेड्रिडले २०१४ र २०१६ मा गरी तीन पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका छन् । घरेलु फुटबलको कुरा गर्दा मेसीको पल्लाभारी देखिन्छ । मेसी सम्मिलित बार्सिलोना ८ पटक ला लिगा च्याम्पियन भइसकेको छ ।

तर, रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेडले तीन पटक तथा रियल मेड्रिडले एक पटक गरी कुल चार पटक घरेलु फुटबल लिग जितेका छन् । यस्तै फिफा क्लब विश्वकपमा भने यी दुवै समान तीन–तीन पटक सफल भएका छन् । उक्त प्रतियोगिताकै सर्वाधिक विजेता मेसीसहितको बार्सिलोनाले सन् २००९, २०११ र २०१५ गरी उपाधिमाथि ह्याट्रिक गरेको थियो । यता म्यानचेस्टर युनाइटेड सन् २००८ र रियल मेड्रिड सन् २०१४ र २०१६ मा प्रतियोगिताको च्याम्पियन बन्दा रोनाल्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सर्वाधिक लिग उपाधि, फिफा वर्ष खेलाडी अवार्ड, बेलोन डे ओर अवार्ड, अधिक गोल संख्या, गोलका लागि बढी पास उपलब्ध गरेको पछिल्ला तथ्यांकहरूलाई आधार मान्ने हो भने रोनाल्डोको भन्दा मेसीको नै वजन भारी भएकोमा दुईमत नहोला । लोकप्रियताको आधारमा जसरी भिन्दाभिन्दै कालमा उदाएका ब्राजिलका पेले र अर्जेन्टिनाका म्याराडोनामध्ये को उत्कृष्ट भन्ने प्रश्नको जवाफ पाउन मुश्किल छ त्यस्तै क्रम मेसी र रोनाल्डोबीच पनि विद्यमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्