मशानघाटमा सवा तीन लाख लगानी



(धनवीर दाहाल)/ रुकुम ६ माघ ।
लामोसमयदेखि मगर खाम भाषीलाई एउटै मालामा एकताबद्ध गर्दै रुकुममा सक्रिय भईराखेको लाङ्घाली समाज सेवा समिति रुकुमले सवा तीन लाख लागतको मशानघाट निर्माण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका–३, अन्र्तगत पर्ने भेरी स्थान अर्थात् जिल्ला अस्पत्ताल सल्ले रुकुमको पश्चिम तिरको भूभागमा ३ लाख १२ हजार ५० रुपैयाँ बराबरको आर्थिक लागतमा दुईओटा खानेपानीको धारा, र प्राङगण निर्माण कार्य सम्पन्न गरेको छ ।

यस्तै मशान घाटमा मलामीहरुको सुविधाको लागि २६ फिट लम्बाई र १६ फिट चौडाई भएको टहरा समेत निर्माण गरेको समितिका अध्यक्ष भागिन्त बुढा मगरले बताउनुभएको छ । समितिको अगुवाईमा सम्पन्न गरिएको उक्त टहरा, प्राङगण तथा खानेपानी धारा निर्माणका लागि गरिएको लागत खर्च भने साँस्कृतिक समितिको देउसी भैलो कार्यक्रमबाट संकलन गरिएको रकम रहेको बताईएको छ । त्यस्तै लाङ्घाली समाज सेवा समितिको आफ्नै कोष तथा जन श्रमदान र केही व्यक्तिको आर्थिक सहयोगले नै उक्त निर्माण कार्य पुरा भएकोे अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो ।

वि.सं.२०६६ सालमा ३ लाख ३० हजार नगदमा खरिद गरेको उक्त जग्गा चिहान घाटकै लागि किनिएको बताईएको छ । ५ हजार १ सय ५० वर्गमिटर रहेको त्यस जग्गाको चारैतिर तारबार पनि गरिएको छ । केही हप्ता अघिमात्रै मलामीहरुका लागि भनेर टहरा, खानेपानीको धारा र प्राङ्गण निर्माणको काम सम्पन्न गरिएको हो । प्रायजसो खाम मगर बासीहरुले मान्छे मर्दा शबलाई जलाउनु भन्दा पनि माटोमुनी गाड्ने संस्काकारलाई बढि प्राथमिक्ता दिने गर्दछन् ।

यो उनीहरुको आफ्नै संस्कार हो, तरपनि पछिल्लो समय कतिपय मगर समुदायले भने शबलाई जलाउने गरेको पनि पाईएको छ । समितिका अध्यक्ष बुढा मगरका अनुसार आफुहरुले निर्माण गरेको चिहान घाटमा भने सबै जाती र समुदायका व्यक्तिहरुले शुल्क तिरेर शव गाड्न पाउने व्यवस्था गरेको बताउनुभयो । उहाँका अनुसार चिहान घाटमा एउटा शव गाडे वापत लाग्ने शुल्क मात्र २ हजार रहेको जानकारी दिनुभयो । चिहानघाटमा शव गाडे वापत संकलित रकम भने लाङ्घाली समाज सेवा समितिको कोषमा नै जम्मा गर्ने गरेको पाईएको छ ।

समितिको कोषमा जम्मा गरिएको रकमले मगर समुदायले मनाउने विभिन्न चाडपर्वमा खर्च गर्ने गरेको समितिका अध्यक्ष बुढा मगरले बताउनुभयो । त्यस्तै केही रकमले मगर समुदायको संस्कृति र संस्कारको विकासका लागि आवश्यक पर्ने बाध्यबाधन सामग्री मर्मत तथा खरिदमा लगानी गर्दै आईरहेको उहाँको भनाई छ । खाम मगर समुदायको फरक संस्कृति, भेषभूषा र आफ्नो छुट्टै मूल्य–मान्यता रुकुममा अझै पनि कायमै रहेको छ । वषौं देखिको मगर संस्कारलाई बचाई राख्नका निम्ति आफ्नै जग्गाको चिहान घाटमा लाङ्घाली समाज सेवा समिति रुकुमले मलामिहरुको सुविधाका लागि रुकुममा पहिलोपटक यस्तो नयाँ कामको सुरुवात गरेको हो ।

चिहानघाटमा गरिएको आर्थिक लगानी संगै उक्त ठाउँमा निर्माण गरिएको टहरा, खानेपानीको धारा र प्राङ्गगणले साँच्चै खाम मगर समुदायको संस्कारलाई बचाईराख्नमा थप सहयोग पुग्न सक्ने अुनमान गरिएको छ । मशानघाट भन्दैमा हामी सबैलाई थाहा छ, जहाँ मरेको मान्छेको अन्तिम दाह संस्कार गर्ने ठाउँ हो । भन्दै र सुन्दै गर्दा कुनैपनि चिहानघाटमा त्यस्तो आरामदायी घर टहरा तथा अन्य सुख–सुविधा समेत हुँदैन । चिहानघाटको नाम लिंदा पनि नेपाली समाजले मरेको मान्छे गाड्ने मसानघाट नै भनेर चिन्ने गर्दछन् । त्यस्तै चिहानघाटमा न आराम तरिकाले बस्ने कुनै टहरा हुन्छ, न अन्य कुनै व्यवस्था, त्यो कसैले पनि कल्पना गर्न नसक्ने कुरा हो ।

हामीले देखेको चिहानघाट साँच्चिकै सुनसान बगर जस्तै हुन्छ, र मान्छे मर्दाको बेला मात्रै चिहानघाट सम्म पुग्ने कोशिस गरिन्छ । हुन त कतिपय विकसित मुलुकमा चिहानघाट अर्थात् दाह संस्कार गर्ने ठाउँमा पनि ठुला–ठुला घरहरु बनाईएका हुन्छन् र त्यो त्यहि समाजका लागि कुनै पनि अवस्थामा नौलो पनि मानिदैन । जुन कुरा नयाँ लागे पनि त्यसलाई विकसित समाजको नयाँ रुप दिने काम गरिन्छ र त्यो स्वभाविक रुपमा पनि लिने गरिन्छ । तर कुनैपनि समुदायको विकास त्यस ठाउँको परिवेश अनुसार नै अघि बढिरहेको हुन्छ । हरेक चालचलन तथा रहनसहन अनुरुप नै मानव जातिको पनि आफ्नै संस्कृति र संस्कार हुने गर्दछ । तर, नेपाली समुदायको विगत इतिहास हेर्दा आज पनि हाम्रो सामाजिक आस्था र संस्कार अझै उस्तै–उस्तै जस्तो लाग्दछ ।

त्यसैलेत यहाँ चिहानघाटमा लगानीको कुरा गर्दै गर्दा धेरैलाई अच्चम्म र अनौठो पनि लाग्न सक्छ । जबकी चिहान घाटमा पनि पैसा लगानि गरिन्छ । तर यो कुरा सत्य हो, रुकुम जिल्लाको सदरमुकाममा घेरै जसो मगर खाम भाषीहरुको बसोबास छ । उनीहरुको आफ्नै रहनसहन, भेषभूषा, संस्कृति र संस्कार पनि अलि फरक खालको छ । प्रायजसो नेपाली भाषा कमै मात्रामा बोल्ने र आफ्नो मातृभाष खामलाई नै बढी प्राथमिक्ता दिने खाम मगर बासीहरु आफ्नो बेग्लै पहचिानमा चिनिन्छन् र एकताको सुत्रमा समेत बाँधिएका हुन्छन् । यीनै मगरहरुको एक क्रियाशिल समिति हो, जसले चिहान घाटमा ३ लाख भन्दा बढि रुपैंयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्