हाम्रो घर त ‘दरबार जत्तिकै’



(रोशन पराजुली)/ हेटौंडा,५ माघ । ‘आफ्नै बलियो घर बन्दा रमाइलो अनि खुशी लागेको छ,’ आफ्नै भूूकम्पप्रतिरोधी घरहु“दा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा मकवानपुुरगढी–१, आ“पटारका वीरबहादुुर ब्लोनको जवाफ छ– आफ्ना कोही नभए पनि विपद्मा टाढाका मान्छेहरु देउता बनेर सहयोग गर्न आउ“दा रहेछन् ।

राडो नेपालले टियरफण्डको सहयोगमा दुुई कोठे भूकम्पप्रतिरोधी नमूूना घर निर्माण गरिदिएपछि उनी खुुशीले फुुरुङ्ग छन् । तर, दृष्टि क्षमता कमजोर उनी नवनिर्मित आफ्नो घर राम्ररी देख्न भने सक्दैनन् । ‘मैले राम्ररी देख्न नपाएपनि नयाँ घर चिटिक्क बनेको श्रीमतीले भनेकी छिन्,’ ६४ वर्षीय ब्लोन भन्छन्– अबदेखि वर्षायाममा पानी नचुुुहिने घरमा बस्न पाइने भयो । संघर्षमय जीवनको लामो समय कत्तरले बारेको अनि खरले छाएको झुुप्रोमा बिताएको स्मरण गर्दै उनले संस्थाको सहयोगमा बनेको घर आफूूलाई दरबार जत्तिकै लागेको बताए ।

ब्लोन परिवारमा उनीस“ग र शारीरिकरुपमा अशक्तता भएकी ५३ वर्षीया पत्नी साइलीमाया मात्र छिन् । उनीहरुका सन्तान छैनन् । वृद्घावस्था, दुुवै जनालाई अरुको सहारा चाहिने अवस्थामा झुुप्रोमै जिन्दगी बिताइरहेकाहरुले नया“ घर पाउनुु ठूूलो सहारा पाउनुु जत्तिकै भएको उनीहरुको भनाइ छ ।

जाडोको बेला होस् वा वर्षाको बेला, कत्तरे झुुप्रोमा चिसो भुइँमा दिन बिताएका यी जोडीका लागि घर निर्माणमा सहयोग पुु¥याउँदा स्थानीयहरु खुशी छन् । ‘न छोराछोरी, न त कोही सहयोगी, यस्तालाई सहायता गर्दा पुुण्य पाइन्छ,’ स्थानीय ज्ञानबहादुुर भोम्जन भन्छन्–बुढाबुुढी बिरामी परे भने हेरिदिने कोही छैनन् ।

आम्दानीको स्रोत नभएकाले दुुईवटै गोडाको पैताला फर्किएर सास्ती झेलिरहनुु परेको अवस्थामा पनि साइलीमाया कहिलेकाँही छरछिमेकमा आफूूले सक्दो काम गरी ज्याला लिने गर्छिन् । उनीहरुले कमाउँदै आएको थोरै जग्गामा उब्जाउ हुुने अन्न डेढदेखि २ महिनालाई मात्र पुुग्ने गरेको छ । ‘दिनमा एक छाकमात्र खाना खाने गरेका छौं,’ वीरबहादुुरतिर हेर्दै साइलीमाया भन्छिन्–उहाँले आँखा राम्ररी देख्नसक्ने भए दुुवैजना मेलापात गएर भोक मेट्ने गरी खान हुुन्थ्यो । पेट भोको भए पनि अब बाहिर÷भित्र देखिने खालको कत्तरको घरमा दिनरात काट्नु नपर्नेमा आफूूहरुलाई खुशी लागेको ब्लोन दम्पत्तीको भनाइ छ ।

आर्थिकरुपमा अति विपन्न, दुुवैजना शारीरिकरुपमा समेत कमजोर भएकाले मकवानपुुरगढीस्थित वडा नागरिक मञ्च र गाउँ विकास समितिको संयोजकत्वमा स्थानीय विपद् व्यवस्थापन समितिले घर बनाउन उनीहरुको नाम छनौट गरेको हो । घर निर्माण गर्न छनौट गर्ने वडादेखि गाउँस्तरीय समिति, राडो–टियरफण्डलाई ब्लोन दम्पत्तीले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्