उपत्यका सहित ५ जिल्लामा उत्थानशील नगर प्रबद्र्घन र सहभागिता कार्यक्रम



(पुष्कर बुढाथोकी)/ भक्तपुर, ५ माघ ।
नेपाल रेडक्रस सोसाईटीले उपत्यका लगायत देशका ५ जिल्लामा उत्थानशील नगर प्रबद्र्घन र सहभागिता कार्यक्रम संचालन गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाले  आयोजना गरेको पत्रकार सम्मेलनमा सोसाईटीका केन्द्रीय बिपद् ब्यबस्थापन तथा संकट ब्यबस्थापन  समितिका सभापति तथा भक्तपुर जिल्ला अध्यक्ष मनोज थापाले उत्थानशील नगर प्रबद्र्घन र सहभागिता कार्यक्रम गत सेप्टम्बर २०१६  देखि सुरु भएको बताउँदै यो कार्यक्रम २०२१ अगस्टसम्म संचालन हुने जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घेश्यमाथि प्रकाश पार्दै उहाँँले यसले नगर केन्द्रित बहुखतरा जोखिम न्युनिकरणमा टेवा पुर्याउने बताउनुभयो ।स्थानीय जनसमुदायको अगुवाईमा सरकारी ,गैरसरकारी ,राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायसँगको समन्वय र सहकार्यमा हुने यो कार्यक्रम काठमाडौंको काठमाडौं महानगरपनलिका र बुढानिलकण्ठ नगरपािलका, ललितपुरको बज्रबाराही र कार्यबिनायक नगरपालिका ,भक्तपुरको भक्तपुर र मध्यपुर थिमी नगरपालिका ,कास्कीको पोखरा उप महानगरपालिका र कैलालीको धनगढी उप महानगरपालिकामा संचालन भैरहेको उहाँले जानकारी दिनुभयो ।

उत्थानशील नगर प्रबद्र्घन र सहभागिता कार्यक्रमबाट विपद् जोखिम न्युनिकरणमा स्थानीय सरकार सरोकारवाला निकाय र समुदायको क्षमता अभिबृद्घि हुने रेडक्रसले जनाएको छ ।कार्यक्रमले बिद्यमान नीति र संरचना बमोजिम नगरपालिका ,सरोकारवाला निकाय र समुदायको प्रतिकार्यका लागि पुर्वतयारी तथा बहस पैरबी क्षमता अभिबृद्घि गर्न र रेडक्रसको बिपद् प्रतिकार्य क्षमता विकास गर्ने थापाले बताउनुभयो ।

थापाले भन्नुभयो,“बढ्दो शहरीकरण ,जनघनत्व,अब्यबस्थित बसोबास र आर्थिक बिपन्नताले गर्दा नगरहरुमा बिभिन्न खालका खतरा र बिपद् बढ्दो क्रममा रहेका छन् ,तिनलाई समाधान गर्नको लागि नेपाल सरकारको प्रयासमा बल पुर्याउनका लागि यो कार्यक्रम संचालनमा ल्याईएको हो ।”कार्यक्रम अन्तर्गत भक्तपुरमा अहिले २४ जना स्वयंसेवकले बिवद् सम्बन्धि स्थानीयको समस्या र आवाज संकलन गरिरहेको थापाले बताउनुभयो ।

५ वटै जिल्लामा प्रति जिल्ला २४ जना स्वयं सेवकका दरले १ सय २० स्वयंसेवकले अहिले स्थानीय स्तरमा दलित,जनजाति,ज्येष्ठ नागरिकल ,बिभिन्न धर्मावलम्बी लगायत बिभिन्न ब्यक्ति,ब्यक्तिको घरअाँगनमा गएर विपद् जोखिम न्युनिकरण बारेका विविध तथ्यांक संकलन गरिरहेको बताउनुभयो ।ब्रिटीस रेडक्रसको रु ४० करोड आर्थिक सहयोगमा ५ वटै जिल्लामा यो कार्यक्रम संचालन हुने रेडक्रसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्