भारतका नयाँ प्रधानसेनापति नेपाल आउँदै



 

काठमाडा,(नेस)ं । नेपाली सेनाले भारतका नवनियुक्त सेनाप्रमुख विपिन रावतलाई नेपाल भ्रमणको निम्तो दिएको छ । उनी आफ्नो पहिलो भ्रमणका लागि आउँदो फेबुअरी महिनामा नेपाल आउने संभावना रहेको बताइएको छ । उनी गएको डिसेम्बर ३१मा सेना प्रमुखमा नियुक्त भएका हुन् । भारतीय सेनाप्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा मानार्थ प्रधानसेनापतिको उपाधी पनि प्रदान गर्नुहुनेछ । दुवै देशमा एक अर्का देशका प्रधानसेनापतिलाई यस खालको उपाधी दिने चलन रहेको छ ।
भारतीय प्रधानसेनापतिको निम्तोका सम्बन्धमा हालैको नेपालको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको बताइएको छ । उहाँले नेपाल भ्रमण क्रममा नेपाली समकक्षी राजेन्द्र क्षेत्री, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री बालकृष्ण खाँड लगायतसँग समेत भेटघाट गर्नुहुने बुझिएको छ । नेपालले चीनसँग संयुक्त सैनिक अभ्यास गर्ने तयारी गरिरहेको र भारतीय पक्षबाट परोक्ष रुपमा असन्तुष्टी जनाउने काम भइरहेको बेलामा भारतका नवनियुक्त सेनाप्रमुखबाट हुन लागेको नेपाल भ्रमणलाई कौतुहलताका साथ सबैले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्