५० अर्ब रूपैयाँ मध्ये ४० अर्ब रूपैयाँ फिर्ता पठाइने



काठमाडौं(नेस)
५० अर्ब रूपैयाँ मध्ये ४० अर्ब रूपैयाँ प्रणालीमा फिर्ता पठाइँदै छ। नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गरेर बैंकहरूबाट उठाएको ५० अर्ब रूपैयाँ मध्ये ४० अर्ब रूपैयाँ प्रणालीमा फिर्ता पठाउन लागेको छ। बैंकहरूमा लगानी योग्य रकम अभाव भएपछि राष्ट्र बैंकले यो रकम बराबरको तरलता पठाउँन लागेको हो।

राष्ट्र बैंकले गत जेठबाट पटक पटक गरेर बैंकहरूबाट पुँजी खिचेको थियो। तर, यही कारण पनि प्रणालीमा रकम अभाव हुन थालेको खबरहरू आएपछि राष्ट्र बैंकले ४० अर्ब रकम प्रणालीमा पठाउन आउटराइट पर्चेज सुविधा दिन लागेको हो।

राष्ट्र बैंकले बैंकहरूमा जारी गरेको ऋणपत्र उनीहरूबाट खरिद गरिदिने भएको हो। बैंकहरूले राष्ट्र बैंकबाट यसरी लिएको पैसा कम्तिमा जेठ १५ देखि बढिमा असार २९ गतेसम्म प्रयोग गर्न पाउँछन्। राष्ट्र बैकले बैंकहरूबाट आउँने वोलकवोलको आधारमा ब्याजदर निर्धारण गर्ने छ। चलेको ब्याज दरभन्दा कम राखेर बैंकहरूले वोलकवोल गरेमा प्रकृया खारेजसमेत हुन सक्ने बताइएको छ। राष्ट्र बैंकले जारी गरेको रिपो लगानी योग्य नभएको बैंकहरूले बताउँदै आएपछि यस्तो निर्णय गरिएको हो। सरकारले बजारबाट लगभग ८७ अर्ब र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुकम उठाएपछि पनि बजारमा तरलता समस्या पर्दै आएको थियो।

सरकारले यही फागुनबाट आफ्ना नियमित कार्यक्रम अन्तरगत बैदेशिक रोजगार बचत पत्र लगायत वित्तीय उपकरणहरूबाट पुनः पुँजी उठाउनु पर्ने भएकोले तरलता समस्यामा थप समस्या आउन नदिन पनि राष्ट्र बैंकले यस्तो कदम चालेको हुनसक्ने देखिन्छ।

व्यक्तिगत निक्षेपकर्तालार्य ११ प्रतिशतसम्म व्याज दिएका बैंकहरूले यसपटक संस्थापक निक्षेपकर्तालाई १३ प्रतिशतसम्म नै दिएका थिए।

प्रतिक्रिया दिनुहोस्