११ वर्षदेखि रोकिएको ढल्केबर प्रसारण लाइनको निर्माण सम्पन्न



देशभरको लोडसेडिङ आधा घन्टा कम हुने विश्वास

नेपाल समाचारपत्र
काठमाडौं
विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती (ढल्केबर प्रसारण) लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ।विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो। जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो। प्रसारण लाइन निर्माण भएपछि भारतबाट आयात गरिएको विद्युत ढल्केबर(खिम्ती–लामोसाँघु) हुँदै काठमाडौं भित्राउन सहज भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो।

प्राधिकरणका तत्कालीन उपकार्यकारी निर्देशक कन्हैयालाल मानन्धर आयोजना प्रमुख हुँदा सन् २००३ मा सुरु भएको आयोजना उनी सेवा निवृत्त हुँदासमेत सम्पन्न नहुँदा सर्वत्र आशंका पैदा भएको थियो। आयोजना प्रमुख श्यामकुमार यादवले आयोजनाको यही माघ १ गतेबाट नियमित परीक्षण भइरहेको बताउनुभयो।

‘हामीले नियमित रूपमा प्रसारण लाइन परीक्षण गरिरहेका छौं। खिम्तीको सव स्टेशनमा सामान्य प्राविधिक परीक्षण भइराखेको छ। प्रसारण लाइनले आफ्नो क्षमताअनुसार भार बहन गरेको छ,’ उहाँले भन्नुभयो। सिन्धुलीको रतनचुरा, सिन्धुलीमाडी लगायतका स्थानमा स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर पटक–पटक आयोजना अवरुद्ध गर्दै आएका थिए। अब भारतबाट आयात भएको विद्युत काठमाडौं भित्राउने बाटो खुलेको छ।

समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको ‘कालपत्रे पावर’ ट्रान्समिसन र ‘मुडभरी एन्ड जेभी’लाई मासिक ११ लाख रूपैयाँ हर्जना तिर्दै आएको थियो। सन् २०११ देखि हालसम्म प्राधिकरणले बैंक ग्यारेन्टी, बिमा, सामान भण्डारण शुल्कबापत ६ करोड ६० लाख रूपैयाँ तिरिसकेको छ। आयोजना सम्पन्न भएपछि उक्त भार समेत बहन गर्नुनपर्ने भएको छ।

विश्व बैंकको दुई अर्ब १५ करोड ६० लाख रूपैयाँ ऋण सहयोगमा उक्त आयोजना सन् २००६ मा सुरु भएको थियो। प्रसारण लाइन सम्पन्न भएपछि वर्षेनी एक अर्ब रूपैयाँ प्राधिकरणलाई फाइदा हुनेछ। विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ। करिब ७३ किलोमिटर दुरी रहेको सो आयोजना निर्माण भएपछि खिम्ती–काठमाडौं भरतपुर हुँदै तराई जोड्ने दुई सय ५० किलोमिटर लामो दुरी पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ।

प्रसारण लाइन घुमाउरो हुँदा प्राधिकरणलाई वार्षिक एक अर्ब रूपैयाँ बराबरको घाटा भएको छ भने प्रसारण लाइन बन्ने बित्तिकै १० मेगावाट बिजुली बचत हुँदा मुलुकभरको विद्युतभार कटौती आधा घन्टा कम हुने विश्वास लिइएको छ। प्रसारण लाइन नहुँदा सिप्रिङ आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न सकिएको थिएन। सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युतसमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग मिल्नेछ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण सुरु गरिसकेको सन्दर्भमा सो प्रसारण लाइनमा करिब पाँच सय ५८ मेगावाट विद्युत् प्रवाह हुनेछ। प्रसारण लाइन दोलखाको सहरे गाविसबाट सुरु भई रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न गाविस हुँदै धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जोडिएको छ।

आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका प्रभावित भएका छन्। विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजना सम्पन्न भएपछि भारतबाट थप आयात हुने ४० मेगावाट विद्युत यही माघ १६ गतेबाट सहज रूपमा काठमाडौं ल्याउन सकिने प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ। तर, यही कारण पनि प्रणालीमा रकम अभाव हुन थालेको खबरहरू आएपछि राष्ट्र बैंकले ४० अर्ब रकम प्रणालीमा पठाउन आउटराइट पर्चेज सुविधा दिन लागेको हो।
नेपाल राष्ट्र बैंकले बैंकहरूमा जारी गरेको ऋणपत्र उनीहरूबाट खरिद गरिदिने भएको हो। बैंकहरूले राष्ट्र बैंकबाट यसरी लिएको पैसा कम्तिमा जेठ १५ देखि बढिमा असार २९ गतेसम्म प्रयोग गर्न पाउँछन्। नेपाल राष्ट्र बैकले बैंकहरूबाट आउने वोलकवोलको आधारमा ब्याजदर निर्धारण गर्ने छ। चलेको ब्याज दरभन्दा कम राखेर बैंकहरूले वोलकवोल गरेमा प्रकृया खारेजसमेत हुन सक्ने बताइएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको रिपो लगानी योग्य नभएको बैंकहरूले बताउँदै आएपछि यस्तो निर्णय गरिएको हो। सरकारले बजारबाट लगभग ८७ अर्ब र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रकम उठाएपछि पनि बजारमा तरलता समस्या पर्दै आएको थियो। सरकारले यही फागुनबाट आफ्ना नियमित कार्यक्रम अन्तरगत बैदेशिक रोजगार बचत पत्र लगायत वित्तीय उपकरणहरूबाट पुनः पुँजी उठाउनु पर्ने भएकोले तरलता समस्यामा थप समस्या आउन नदिन पनि राष्ट्र बैंकले यस्तो कदम चालेको हुनसक्ने देखिन्छ। व्यक्तिगत निक्षेपकर्तालाई ११ प्रतिशतसम्म व्याज दिएका बैंकहरूले यसपटक संस्थापक निक्षेपकर्तालाई १३ प्रतिशतसम्म नै दिएका थिए।

प्रतिक्रिया दिनुहोस्