कुकुरले टोक्दा राष्ट्रपति पुत्रको मृत्यु



बान्जुल, (एजेन्सी)
गाम्बियाका निर्वाचित राष्ट्रपति आडमा बेरोका छोराको कुकुरको टोकाइबाट मृत्यु भएको छ। ८ वर्षीय हबिबु बैरोलाई कुकुरले टोकेपछि अस्पताल लग्दै गर्दा बाटोमा भएको थियो। आडमाले आफ्नो छोराको अन्त्येष्टिमा सहभागी हुन पाएनन्। उनी सुरक्षाका कारण सेनेगलमा बसिरहेका छन्।

आडमा गत वर्ष राष्ट्रपतिको चुनावमा विजयी भएको तर याह्या जामेहले पद छोड्न अस्वीकार गरेका थिए। गाम्बियाका क्षेत्रीय संस्था बडी इकोवासले उनलाई बिहीबारसम्म सेनेगलमै रहन भनेको थियो।
याह्यालाई पदबाट हटाउनका लागि सैन्य हस्तक्षेपको सम्भावनामा विचार भइरहेको जनाइएको छ। यसबी याह्याले सर्वोच्च अदालतमा बेरोलाई रोक्नका लागि याचिका दायर गरेका छन्।

यद्यपि सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीशले यस मामिलामा कुनै पनि निर्देशन दिन अस्वीकार गरेका छन्। यसबाट बेरोको शपथ ग्रहण गर्ने मार्ग प्रशस्त भएको छ। राजनीतिक अस्थिरताका कारण सम्भावित द्वन्द्वको आशंकाले हजारौं नागरिक देश छोडेर गएका छन्। उनीहरूले आफू डराएर पलायन भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्