सडक दुर्घटनामा दुईको मृत्यु



धादिङ, ४ माघ ।
धादिङमा भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा चितवन खैरेनी–९ का माधवप्रसाद अधिकारी र धादिङ खाल्टे–५ बस्ने २५ वर्षीय सन्तोष जमरकट्टेल हुन् ।

खाल्टे–५ पतेनीमा बा.३ ख ८२६३ नम्बरको बस मंगलबार अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल खसेको हो ।
गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि जिल्ला अस्पताल धादिङ पठाइएकोमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बस चालक रेशम श्रेष्ठ सहित २२ जना घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्