प्रतिबन्धित जडीबुटीसहित एक पक्राउ



जाजरकोट, (नेस)
प्रतिबन्धित जडीबुडी पाँचऔंलेसहित जाजरकोटमा एक जना पक्राउ परेका छन्। नर्कु–१ डोल्पाका ६७ वर्षीय नामबहादुर बोहरालाई जाजरकोट प्रहरीले आइतबार पक्राउ गरेको हो।

भगवती गाविसबाट रिम्नातर्फ आउँदै गरेको भे१ज ५७६ को जिपमा सवार बोहराको झोलाबाट ३ किलो प्रतिबन्धित जडिबुडी पाँचऔंले खगेनकोट–८ मेदै जाजरकोटमा सवारीसाधन चेकजाँचका क्रममा बरामद गरेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले जानकारी दिए।

बिक्रीवितरणका लागि नेपालगन्ज लिँदै गरेको जडीबुटीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय जारकोटमा बुझाइएको डीएसपी रिमालले बताए।

प्रतिक्रिया दिनुहोस्