बाल प्रतिभाको सम्मान



फुर्सदिला वालवालिकालाई एकै ठाउमा भेला गराएर प्रतिभा प्रदर्दशनी गरिएको छ। कार्यविनायक नगरपालिका वडा नम्बर ४ का करिब ५० जना स्कुले केटाकेटीलाई भेला गराएर गरेको कार्यक्रममा ४ जना विद्यार्थी उत्कृष्ठ ठहरिएका थिए। कार्यक्रमा निर्णायकको भुमिकाका आएकी नायिका मोनिका दाहाल, नृत्य निर्देशक मनराम केसी र वाल नाटक निर्देशक एवं चित्रकार राजेन्द्र भट्टराईले वालवालिकाको क्षमताको मुल्याङकन गरेका थिए। नृत्य , गायन र चित्रकला विद्यामा उत्कृष्ठ छनौट भएका विद्यार्थीलाई कार्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी पाण्डेय गौतमले पुरस्कार तथा प्रमणपत्र प्रदान गर्नुभएको थियो।

पुर्वपश्चिम रेलमा नृत्य गर्ने जेनिभा महर्जनले प्रथम स्थान हासिल गरेकी थिइन। वागिना केसी र आयुष्मा केसीको जोडिले घितिय स्थान ल्याउन सफल भएका थिए। त्यस्तै छलछल छल्यो पानी गितका नाचेकी प्राश्ना महर्जन र सुमी मगरले तृतिय स्थान हासिल गरेका थिए। प्रतियोगितामा बालकुमारी निमावी, निर्मल स्कुल, हाइल्यान्डलगायत आधा दर्जन विद्यालयका विद्यार्थीहरु सहभागी थिए।

प्रतियोगितामा प्रथक हुनेले ४ हजार , द्धितियले २ हजार र तृतिय हुनेले १ हजार नगद , प्रमाणपत्र र ट्रफि पाएका थिए। प्रतियोगितामा उत्कृष्ठ चित्र बनाएवापत यलि गुरुङलाई १ हजार नगद सहित वेष्ट आर्टिस्टको प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो। कार्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा वालकुमारी सिर्जना क्लबले संचालन गरेको प्रतिभा प्रदर्शन कार्यक्रममा सबै सहभागिलाई ५ सय रुपिया नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। कार्यक्रमा बोल्दै कार्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत पाण्डेय गौतमले वालवालिकाको क्षमता विकास गर्न सहयोग गरेको बताउदै उत्कृष्ठ व्यवस्थापन गर्न सफल भएकोमा क्लवलाई धन्यवाद दिनुभएको थियो। कार्यक्रममा क्लबका अध्यक्ष सालिकराम कुवरले फुर्सदको समयको सदुपयोग गर्न वालप्रतिभा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको बताउदै यस्तो कार्यक्रममा स्कुले बच्चाहरुको क्षमता अभिवृद्धी हुदे धारणा राख्नुभयो। कार्यक्रममा क्लबका महासचिव, किशोर कुवरले क्लबको बारेमा जानकारी गराउनुभएको थियो। प्रतियोगितामा नायिका दाहालले नृत्य प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्