होला त चुनाव



(ईश्वरराज ढकाल) त्रिभुवन विश्वविद्यालयले ८ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन यही वर्ष फागुन १४ गते हुने भएको छ। विशेष गरी तीन विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी चुनावी तयारीमा जुटिसकेका छन्। एमाले निकट अनेरास्ववियु ले त भित्ते लेखन समेत शुरु गरिसकेको छ। उमेर हद २८ वर्ष र मिश्रित र समानुपातिक प्रणालीमा सहमति जनाएका विद्यार्थी संगठनले त्रिविलाई तत्काल कार्यतालिका घोषणा गर्न दवाव समेत दिदै आइरहकेका छन्। नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तीनै दलका पार्टी अध्यक्षले निर्वाचन गर्न त्रिविलाई हरियो झण्डा देखाएपछि अधिकांस विद्याथीं संगठन निर्वाचनमा होमिएका हुन। लामो समयसम्म क्याम्पस अध्ययन गरिरहेका र २८ वर्ष उमेर नाघेका नेविसंघका केही नेताले भने उमेर लागु गरे निर्वाचननै हुन नदिने अडान राखेकाले पुन निर्वाचन नहुने हो की भन्ने शंका उत्पन्न भएको छ। तर जे होस निर्वाचनको माहोल बनिसकेको अवस्थामा निर्वाचन स्थगित हुन नहुने सबैको धारणा छ।

त्रिविले आन्तरिक तयारी गरिसकेको छ। सम्भवत चाडै कार्यतालिका सार्वजनीक गरेलगत्तै त्रिवि अन्तर्गत देशभरका आंगिह र सम्बन्धन प्राप्त क्याम्पसहरुका स्ववियु निर्वाचनको माहोल तात्नेछ। त्रिविका उपकुलपति प्राडा तिर्थराज खनियाले त्रिविकले चाडैनै निर्वाचनको कार्यतालिका घोषणा गर्ने तयारी गरिहरेको बताउनुभयो।

कार्यसमितिको निर्वाचनमा मतदान गर्दा अध्यक्ष, सचिव र कोषाध्यक्षको मतदान एक व्यक्ती एक मतको आधारमा हुने निर्वाचन पद्धतिले लागु गरेको थियो। सदस्यहरुको हकमा निर्वाचन हुने सदस्यहरु मध्य ५० प्रतिशत सदस्यको लागि प्रत्यक्ष र बाकी ५० प्रतिशत समानुपातिका प्रणालीबट हुने प्रस्ताव पारित गरेको छ । उपाध्यक्ष , सहसचिवको निर्वाचन निर्वाचित अध्यक्ष , सचिव ,कोषाध्यक्ष र सदस्यहरु सहितको समितिले सदस्यहरु मध्यबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने उल्लेख गरेको छ। स्ववियु निर्वाचनमा कुनै संघ संगठन वा समुहले समानुपातिक तर्फ मात्रपनिा निर्वाचनमा सहभागि हुनसक्ने गरी नियम पारित गरेको छ।

त्रिविका पदाधिकारीले तीन दलको नेतासंग भेट गरी स्ववियु निर्वाचन गर्ने तयारी भैरहेको बारेमा जानकारी समेत गराएका थिए। सबै विद्यार्थी संगठनसंग भएको वार्तामा फागुन १४ गतेनै निर्वाचन गर्ने निर्णय गरी कार्यविधि समेत तयार गसिकेका थिए। ८ वर्षदेखि हुन नसकेको निर्वाचन नभए विद्यार्थीको प्रतिनिधित्वनै संकटमा पर्ने अवस्था देखिएपछि त्रिविले निर्वाचन गर्ने निर्णय गरेको हो। २०६५ साल चैत ६ गते देखि स्ववियुको निर्वाचन हुन सकेको छैन। प्रत्येक २ वर्षमा हुनुपर्ने निर्वाचन विद्यार्थी संगठनहरुको विवादकै कारण निर्वाचन लगातार स्थगित हुन हुदै आएको थियो।

यसअघि २०६९ र २०७० मा स्ववियु निर्वाचन गर्ने तयारी भए पनि विद्यार्थी संगठनबीच प्रणालीबारे विवाद हँुदा रोकिएको थियो। त्रिविले २०६९ सालमा स्ववियु नियमावली परिवर्तन गरी मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्ने निर्णय गरेको थियो। सभाले मिश्रित प्रणाली अनुसार निर्वाचन गर्ने नियम पारित गरेको थियो

त्रिविको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमावली २०५० को नियम ३४५(४) मा स्ववियु निर्वाचनमा कार्यसमितिको उम्मेद्धारी दिन २८ वर्ष ननाघेको हुने उल्लेख गरिएको छ। सोही नियमावली अनुसार निर्वाचन गर्न सबै विद्यार्थी संगठन लगभग सहमत भैसकेको त्रिविको दाबी छ। २०७२ सालसम्म एक पटकको लागिमात्रै उमेृरको हद नलाग्ने उल्लेख भएको अवस्थामा सो समयसिमा नाघेकोले अब उमेरको हद २८ वर्षकै आधारमा हुने गरी त्रिविले निर्णय गरिसकेको छ।
प्रस्तावित आचारसंहिता निर्देशिका

त्रिविले तयार गरेको आधार संहिता निर्देशिकामा प्रत्यक्ष पदबाट निर्वाचित हुन जुनसुकै संघ , संगठन र व्यक्तीले उम्मद्दारी दिन पाइने छ।
संघ ,संगठनको पदाधिकारीको लागि इकाइ अध्यक्षको पत्रलाई आधिकारीक मानिने उल्लेख छ। क्याम्पस कम्पाउण्ड बाहिर ,भित्र वा परिसरमा भित्ते लेखन गर्ने पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ।
निर्वाचन सम्बन्धी कुनैपनि तुल, ब्यानर, फ्लेक्स र कुनैपनि प्राकारको पोष्टर टास्न पुर्ण रुपमा रोक लगाइनेछ निर्देशिकामा उल्लेख गरिएको छ।
त्रिवि वा क्याम्पसलाई हानीस् नोक्सानी हुने कुनैकिसिमको प्रचार गर्न नपाइने, क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ , संगठन, समुह वा स्वतन्त्र उम्मेद्दारलाई एउटै मञ्मा राखी परिचयात्मक कार्यक्रम संचालन गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आछेप वा आरोप लगाउने वाक्यहरु बोल्न पाइनेछैन, उम्मेद्दारले आफ्नो घोषणापत्र र उम्मेद्दारको नामावली पर्चाम मात्रै प्रचार गर्न पाइनेछ।
निर्वाचनमो प्रचार गर्दा सभा र माइकबाट कुनैपनि चुनावी प्रचारप्रसार गनबन्देज गरेको छ।
निर्वाचन मिति प्रकाशित भएपछि क्याम्पस हातामा निर्वाचनलाई प्रभावपार्नसक्ने सांस्कृतिक कार्यक्रम गर्न पाइनेछैन। साथै क्याम्पसमा विद्यार्थीहरुले बाहेक अन्य बाहिरका व्यउक्तीहरुले उम्मेद्दारको प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरिएको छ।
कुनैपनि क्याम्पसमा निर्वाचन विथोलिएमा वा कुनै कारणले स्थगित भएमा क्याम्पस प्रमुखले क्रनैपनि मिति घोषणा गरेर निर्वाचन गर्ने व्यवस्था छ। यस अघि निर्वाचन स्थगित भएमा त्रिविलेनै मिति घोषणा गरी पठाउने व्यवस्था थियो।
निर्वाचन घोषणा भएकै दिनदेखि विद्यार्थी भर्ना बन्द गरिने भएको छ। तर समेष्टर प्रणालीमा संचालित कार्यक्रममा प्रवेश परीक्षा उतिर्ण भई कोटाभित्र भर्ना हुनेको हकमा भने मतदाता सुची प्रकाशित हुने मिति भन्दा एक दिन अगाडी सम्म नियमअनुसार भर्ना गर्न पाइने छ।
प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेद्दार हुने व्यक्तीले उमेर खुलेको नागरिकता प्रमाणपत्रको सक्कल निर्वाचन समितिमा पेश गरी त्यसको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था निर्देशकामा उल्लेख छ।
विकल्प छैन

प्राडा सुधा त्रिपाठी
रेक्टार

अब निर्वाचन गर्नुको विकल्प छैन, हामीले सोध्ने जति सबैसंग सोधी सकेका छौ, छलफल गर्ने सबैसंग छलफल गरिसकेका छौ। अब कस्का लागि रोक्ने ? तीन ठुला पार्टीका नेतासंग स्ववियु निर्वाचनको विषयमा छलmल गर्दा अब निर्वाचन गर्नुस भनिसक्नु भएको छ। अह हाम्रो तर्फबाट त रोकिदै रोकिदैन, उनीहरु( विद्याथीं संगठनले) रोके भने अर्के कुरा। त्रिवि निर्वाचन कार्यतालिका निर्माण समितिका संयोजक एवं रेक्टर प्राडा त्रिपाठीले अब केही दिनमै निर्याचन कार्यतालिका , आचार संहिता सार्वजनकी गरेर निर्वाचनको प्रकृया अघि बढाउनेछौ भन्नुभयो।

हामी विद्यार्थी संगठनका नेतासंग दर्जनौ पटक बैठक बसिसक्यौ। सबै विद्यार्थी संगठनले चुनाव गर्नुको विकल्प छैन भनिसक्नुभएको छ। उमेर हदको विषयमा समेत सबै संगठन सहमत भैसकेका छन। अब कस्का लागि प्रकृउा रोक्ने जस्तो सकै परिस्थिति आएपछि निर्वाचन गरेरै छाड्छौ। रोकिदैन। त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालका अध्यक्षतामा बसेको त्रिवि सभाले उमेर हद २८ वर्ष, तोक्दै मिश्रीत र केही पद सामानुपातिक रहनेगरी निर्वाचनको मिति तय गरिसकेको छ। हामीले अब कार्यतालिका निकाीन मात्रै बाकी राखेका छौ, निर्वाचन हुन्छ। कर्थकदाचित विद्यार्थी संगठनले रोके भने हामी जिम्मेवार हुदैनौ तर त्रिवि अघि बढिसकेको छ। फागुन १४ गतेनै निर्वाचन हुनेछ। यस्मा कसैले संका गर्नुपर्दैन।

स्ववियु निर्वाचन हुन्छ, हामी तयारी छौ
नैनसिह महर
अध्यक्ष, नेविसंघ


लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन फागुन १४ गते हुने भएपछि हामी खुसी छौ। क्याम्पसहरुमा विद्यार्थी अस्तित्व नहुने हो कि भन्ने आशंका हुदै गर्दा त्रिविले स्ववियु निर्वाचनको मिति घोषणा गर्नु यो सकरात्मक पक्ष हो। उमेर हद २८ वर्ष लागु गरिसकेको अवस्थामा अब हुने निर्वाचन सोही आधारमा हुन्छ। सकभर एक पटकको लागि उमेर हद नलगाइकन निर्वाचन गर्न एक पटक पुन त्रिविलाई अनुरोध गर्नेछौ। तैपनि कुनै सिप नलागे सबैले स्विकार गरेको निर्वाचनमा सहभागि हुनेछौ। ्उमेरको हद लागु भए वा नभए पनि निर्वाचनमा होमि सकेका छौ , अब ब्याक आउदैनौ। ास्तवमा विद्यार्थीको प्रतिनिधित्व हुने स्ववियु नहुदा क्याम्पसमा ठुलो समस्या परेको छ।

निर्वाचन हुन नसक्दा विद्यार्थीको गतिविधि प्राय शुन्य भएको छ। विद्यार्थीको सक्रियता बढाउनपनि निर्वाचन अपरिहार्यछ। अब पनि निर्वाचन हुन नसके कहिल्यै हुन सक्ने अवस्था छैन। विगतमा पटक पटक निर्वाचन स्थगित भएपछि त्यहाबाट पाठ सिकेर चुनावमा जानुको विकल्प छैन। उमेर हदको विषयमा हामी गम्भीर भएका छौ। सधै क्याम्पसको विद्यार्थी राजनितिमा लाग्ने विद्यार्थीका लागि उमेरले केही समस्या पारेको होला। राजनिति गर्दा थुप्रै अवसर आउनेछन्। स्ववियुमा मौका नपाउदैमा विद्यार्थी राजनितिकै सखाप हुन लाग्यो भनेरा लाग्नु हुदैन। जे भएपनि त्रिविजले घोषणा गरेकै दिन निर्वाचन हुन्छ हामी तयार छौ। कसैका कारणले पनि वाधक हुनेवाला छैनौ।

नविना लामा
अध्यक्ष, अनेरास्ववियु
हामीलाई त चुनाव लागिसक्यो। त्रिविले कार्यविधी सार्वजनिक नगरे हामी अन्दोलनमा जानेछौ। स्ववियु निर्वाचन गर्ने जिम्मा लिएको त्रिविले कुनैपनि हालतमा निवर्जाचन प्रकृया शुरु गर्न ढिलो गर्नु हुन्न। सबै विद्यार्थी संगठनसंग सहमति भएपछि त्रिवि कार्यकारी परिषदले निर्वाचनको मिति घोषणा गरेको हो। उमेर हदको कारणले निर्वाच रकन्ु हुदैन। उमेर हद २८ वर्ष तोकिसकेको छ। यसमा कसैलेपनि लफडा गर्नु उचित हुदैन। निर्वाचन हुन्छ, यसबाट त्रिवि पछि हटेमा अब फेरी निर्वाचन हुन्छ भनेर कल्पना पनि गर्न सकदैन। नेविसंघ ,अनेरास्ववियु क्रान्तिकारी लगायत सबै व्द्यिार्थी संघ ,संगठनसंग हामीले पटक पटक बैठक बसेर निर्वाचन गर्ने तालिका सार्वजनक गर्न अनुरोध गरेका थियौ। त्रिविले बेलैमा निर्वाचन मिति घोषणा गरेर ठिक काम गरेको छ।

अब चाडैनै कार्यविधि सार्वजनिक गनै त्रिविलाई आग्रह गछौ , यदी नमानेमा दबाव दिन आन्दोलनमा जान पछि पर्नेवाला छैनौ। हामी त निर्वाचनको प्रचारमा लागिसकेका छौ, निर्वाचन गर्न दवाव दिन भित्ते लेखन समेत शुरु गरिसकेका छौ। अब कसैले निर्वाचन रोक्न दुस्प्रयास गर्न सक्दैन। यदी निर्वाचन रोक्न्े दुस्प्रयास गर्ने माथी हामी कडा कारबाहीको माग समेत गर्नेछौ। सबै विद्यार्थी संगठनले पारित गरेको २८ वर्षे उमेर हद लागु भएरै छाड्छ। कसैले वा कुनै विद्यार्थी संगठनले उमेरको हद लागु नगर भन्दैमा हामी मान्नेवाला छैनौ। मिश्रीत , समानुपातिक अनि उमेर हद २८ वर्ष लागु गरेरै निर्वाचन गर्नुपर्छ यो हाम्रो माग हो, कसैले फिर्ता गर्न सक्दैन। सबै विद्यार्थीसंगठनले सहमति जनाएको विषयामा कसैले बखेडा गर्नु उचित हुदैन।

नरेन्द्र न्यौपाने
अध्यक्ष अनेरास्वियु
क्रान्तिकारी (केन्द्र)

हाम्रा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चेनावको लाग तयार हुनुस भनिसक्नु भएको छ। हामी चुनावमा होमिइसकेका छौ। त्रिभुवन विश्वविद्यालयका कुलपति एवं हाम्रा पाटीका अध्यक्षको हैसियतले हामीले उहासंग सहमति लिएका छौ। करिब एक साता अघि बसेको पदाधिकारीको बैठकमा प्रमुख अतिथि हुनुभएका अध्यक्ष प्रचण्डले हामीलाई स्ववियु निर्वाचनमा लाग्नुस भनिसक्नु भएको छ। त्यसैले अब हामी निर्वाचनमा लागि सकेका छौ, अब निर्वाचन हुन्छ कसैले रोक्न सक्दैन। उमेर हदको विषयमा त्रिविले स्पष्ट पारिसहेको छ २८ वर्ष उमेर हद कायम गरिएको छ भनेर। अब फेरी उमेरमा कुनै फेरबदल हुदैन। २८ वर्ष मुनिकाले नेताले स्ववियु निर्वाचनमा उम्मेद्दार हुन पाउनेछन् अन्यले होइन।

तीन ठुला विद्यार्थी संगठनका अध्यक्ष र त्रिविका पदाधिकारी बिच भएको बैठकको निर्णय उल्ट्याउनु उचित हुदैन। उमेर, प्रणाली आचारसंहिता लगायतका विषयमा सहमति भैसकेको छ। सोही अनुरुप चुनावी प्रकृया हुनेछ। हामीले त्रिविलाई भनिसकेका छौ, कार्यविधी सार्वजनीक गर्नपर्यो भनेर। अहिलेसम्म कार्यविधि सार्वजनिक नगरेर त्रिविले निर्वाचन नगराउन लागेको हो कि भन्ने हामीलाई आशंका लाग्क्ष्न थालेको छ। अब हाम्रो माग एउटै छ, सबै विद्यार्थी संगठन निर्वाचन प्रकयामा होमिइसकेको छः त्रिविले तत्काल कार्ययोजना सार्वजनीक गर्नुपर्छ। सबै विषयमा फलाइनल भेसकेपछि त्रिविले आनाकानी गरेर प्रकृयानै विथोल्न खोज्नु उचित हुदैन।

प्रतिक्रिया दिनुहोस्