हेटौंडा ‘जोगाउन’ हेटौंडा ‘बन्द’



हेटौंडा,(नेस) हेटौंडा बजार क्षेत्र जोगाउन भन्दै आज सोमबार हेटौंडा बन्द आह्वान गरिएको छ । बसोबास संरक्षण समितिले ‘हेटौंडा बन्द’ घोषणा गरेको हो ।

डिभिजन सडक कार्यालय हेटौंडाले सडकको सीमामा रहेका भौतिक संरचना आफैं भत्काउन दिएको १५ दिने समय आज सोमबार सकिँदैछ । सडकले नागरिकलाई सुकुम्बासी बनाउन खोजको भन्दै बसोबास संरक्षण समितिले बन्द तथा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेले जनतालाई सुकुम्बासी बनाउने गरी सरकारले डोजर लगाउने तयारी गरेको भन्दै बन्दका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए ।

२ हजार घरमा रहेका ५ हजार ब्यवसायी बिस्थापित गर्ने तथा हजारांै नागरिकलाई सुकुम्बासी बनाउने गरी सडक डिभिजनले काम गर्न लागेको भन्दै समितिले प्रतिरोध गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा संयोजक न्यौपानेले राज्यले विकल्पका रुपमा वाइपासलाई प्रयोग गरी सहर जोगाउन आग्रह गरेका छन् । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकको दायाँबायाँ २५ मिटर सडक बिस्तारका लागि घर भत्काउन खोजे आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

बिनामुआब्जा घर भत्काए घरधनी र ब्यवसायी त्यसविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । क्षेत्रीय प्रशासक बिनोद केसीको निर्देशनमा सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजारका संरचना भत्काउने भनेपछि उक्त कार्य तत्काल नरोकिए चरणवद्धरुपमा आन्दोलनमा उत्रने हेटांैडा बसोबास संरक्षण समिति संयोजक उत्तम शर्माढकालले बताए ।

राज्यको ज्यादतिबाट हेटौंडाको मुख्य बजार भत्काउँदा चुरियामाईदेखि चौकीटोल, राप्तिरोडदेखि नवलपुरसम्मका २ हजार घरधनी र ५ हजार ब्यवसायी प्रत्यक्षरुपमा सुकुम्बासी हुने अध्यक्ष न्यौपानेले दाबी गरे । आफ्ना मागहरु सुनुवाई नगरे थप आन्दोलन गरिने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

सांसद् गणेश थापाले बिनामुआब्जा कुनै हालतमा हेटांैडा बजारका संरचना भत्काउन नहुने बताएका छन् । उनले व्यक्तिको हातमा लालपुर्जा भएकाले सरकारले त्यसै राजमार्ग र त्रिभुवन राजपथभित्र सडक दायाँबायाँ २५ मिटर सडकभित्र बनेका संरचना भत्काउन नमिल्ने बताएका हुन् ।

सरकारले मुआब्जा दिएमात्र सडक सीमामा रहेका बस्ती हटाउनसक्ने सांसद् थापाको भनाइ छ । सरकारी पक्षबाट बजारमा बनेका संरचना बलपूर्वक भत्काउन खोजे मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा बसोबास संरक्षण समितिको आन्दोलनमा आफ्नो र पार्टीको पनि ऐक्यवद्धता रहेको सांसद् थापाले बताए ।

‘बजार क्षेत्रका वासिन्दालाई सुकुम्बासी बनाउन पाइँदैन,’ उनले आफू यस विषयमा काठमाडौंमा केन्द्रीयस्तरमा भेटघाटमा रहेको बताउँदै सांसद् थापाले भने– बिनामुआब्जा हेटौंडा बजारका घर भत्काएर कुरुप बनाउन कुनै हालतमा पाइ“दैन ।

बजारका संरचना भत्काउने विषयमा सरकारी पक्षबाट बल प्रयोग गर्न नपाइने भएकाले यस विषयमा काठमाडौंमा केन्द्रीयस्तरमा पनि कुरा भइरहेको उनको भनाइ छ । घर र संरचना भत्काउने विरुद्धको आन्दोलनमा आफ्नो सहभागिता रहने उनले बताए । राजमार्गका लागि बैकल्पिक ब्यवस्था भएकाले घर भत्काएर अन्याय गर्ने कुरा आफूलाई कदापि सह्य नहुने सांसद् थापाले बताए ।

मध्यवर्ती क्षेत्र बस्ती बचाऊ संयुक्त संघर्ष समिति मकवानपुरका संयोजक सुदर्शन लामा मानब बस्तीका रुपमा परिचित मकवानपुरमा जंगली जनावर गैंडाले लामो समय ताण्डव देखाउ“दा पनि सम्बन्धित निकाय टुलुटुलु हरेर बस्नु उनीहरुको चरम लापरबाही र गैरजिम्मेवारी भएको बताएका छन् ।

बिगतदेखि नै मानब बस्ती पदमपोखरी, चुरियामाई, हाँडीखोला र मनहरीलाई पर्सा बन्यजन्तु आरक्षअन्तर्गत् मध्यवर्ती क्षेत्रमा राखिएको छ । बस्ती क्षेत्रमा जंगली जनावर प्रवेश गरी मानवीय क्षति पु¥याउँदै आएको छ ।

मानव बस्तीमा जंगली जनावर प्रवेश गरी क्षति पु¥याउने क्रम बढेको भन्दै जंगली जनावरको आक्रमणबाट बचाउन मानब बस्तीलाई मध्यवर्ती क्षेत्रबाट हटाई आरक्ष तथा निकुञ्जको सीमित क्षेत्रमा विद्युतीय तारबार लगाउन माग गरिएको छ । जंगली जनावरको सुरक्षा महत्वपूर्ण विषय भए पनि मानवीय सुरक्षा पहिलो प्राथमिकता हो भन्ने कुरा राज्यले भुल्न नहुने स्थानीयको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्