सिमेन्टको गुणस्तरीतामा जोड



नेपाल समाचारपत्र
काठमाडौं
केडिया ग्रुपले सञ्चालन गरेको वृज सिमेन्ट इण्डष्ट्रिज कम्पनीले धादिङ सदरमुकाम धादिङबेंसीमा विभिन्न पक्षसँग अन्तत्र्रिmया गरेको छ। कम्पनीले विभिन्न सरकारी कार्यालयका प्रमुख, इन्जिनियर, निर्माण व्यवसायी र हार्डवेयर व्यवसायीहरूसँग अन्तत्र्रिmया गरेको हो।

अन्तत्र्रिmया कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिमेन्टमा गुणस्तरीयता कायम राख्नसके मात्र सिमेन्टको बजार राम्रो हुने बताउनुभयो। प्रजिअ ढकालले गुणस्तरहिन सिमेन्ट प्रयोग गर्दा घरदेखि साना⁄ठूला सबै आयोजना मजबुत नहुने र त्यसले दुर्घटना निम्त्याउन सक्ने धारणा राख्नुभयो। सिमेन्ट गुणस्तरीय भएन भने धेरै ठूलो क्षति हुने भन्दै गुणस्तरीयताको विषयमा कम्पनीले खेलवाड गर्न नहुने बताउनुभयो। ‘सिमेन्टले गुणस्तर कायम गर्नु भनेको राष्ट्र निर्माणमा पनि सहयोग गर्नु हो।’ जुन सिमेन्ट बढी गुणस्तर छ राष्ट्रिय महत्त्वका ठूला आयोजनामा त्यही सिमेन्ट प्रयोग गर्नुपर्छ प्रजिअ ढकालको भनाइ थियो।

वृज सिमेन्ट इण्डष्ट्रिजका महाप्रबन्धक रवि रञ्जनले वृज सिमेन्टको बारेमा विस्तृत जानकारी दिनुका साथै गुणस्तर राम्रो भयो भने निर्माण व्यवसायीले वृज सिमेन्ट मात्रै प्रयोग गर्न सक्छन् त्यसैले कम्पनीले गुणस्तरमा आप्नो ध्यान केन्द्रित गरेको बताउनुभयो। उहाँले भन्नुभयो–‘त्यसका लागि कम्पनीले व्यवसायीहरूलाई सहुलियत पनि प्रदान पनि गरेको छ।’ राष्ट्रिय गौरवका र ठूला आयोजनाहरू वृज सिमेन्टबाटै निर्माण भइरहेको दाबी पनि महाप्रवन्धक रञ्जनले गर्नुभयो। ‘इन्जिनियरलाई क्वालिटी र ठेकेदारलाई क्वान्टिटीको खाँचो हुन्छ’ उहाँले भन्नुभयो–‘दुवै पक्षलाई सन्तुष्टि प्रदान गर्ने वृज सिमेन्टको लक्ष्य हो।’

कम्पनीका प्रोजेक्ट म्यानेजर (टेक्निकल) रवि रौनियारले परिमाण र गुणस्तरमा सन्तुलन कायम गरेर कम्पनीले सिमेन्ट बजारमा ल्याएको बताउनुभयो। निर्माणमा सिमेन्ट, बालुवा, गिट्टी, डन्डी र इँट्टा अपरिवर्तनीय हुने बताउँदै पाँच अपरिवर्तनीय चार वटा वस्तुसँग सिमेन्ट सम्बन्ध रहने रौनियारको भनाइ छ। यस्ता अपरिवर्तनीय वस्तु र त्यसमा पनि अति महत्त्वपूर्ण सिमेन्टमा कुनै प्रकारको सम्झौता नगर्न पनि रौनियारले सुझाव दिनुभयो। उहाँले दैनिक ल्याब जाँच गरेर सिमेन्ट बजारमा पठाइएकाले ढुक्क भएर प्रयोग गर्न सरोकारवालासँग आग्रह पनि गर्नुभयो।

त्यसैगरी कम्पनीका प्रोजेक्ट म्यानेजर (सेल्स) निरज पहाडीले कम्पनीले समग्र देश विकासमा अनवरत रुपमा सहयोग गर्न तयार रहेको बताउनुभयो। पहाडीले कम्पनीले बजारमा ल्याएको ओपीसी र पीपीसी दुवैको गुणस्तरीयतामा कुनै कमी नभएको बताउनुभयो।‘सिमेन्ट गुणस्तर भएको विश्वास दिलाउन चाहान्छौं, उहाँले वृजले नै पहिलो ओपीसी सिमेन्ट बजारमा ल्याएको बताउनुभयो। कम्पनीका सेल्स म्यानेजर निरज सिंहले पनि वृज सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्टहरू गुणस्तरीय भएकैले नै यस क्षेत्रमा वृज सिमेन्ट कम्पनीबाट उत्पादित विभिन्न सिमेन्टका ९ ओपीसी र पीपीसी ० ब्रान्डहरूको माग बढ्ढो छ भनेर जानकारी दिनुभयो।

कम्पनीका सिनियर मार्केटेटिङ तथा ब्रान्ड म्यानेजर अमित श्रेष्ठले कम्पनीले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) र साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) दुवै किसिमका सिमेन्ट बजारमा उत्पादन र बिक्री वितरण गर्दै आएको बताउनुभयो। कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्टमा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने पीपीसी सिमेन्टअन्तर्गत वृज, जम्बो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट ब्रान्डहरू उत्पादन गर्दछ। वृज सिमेन्टको सबै उत्पादनलाई उच्च गुणस्तरीय एचडीपीई प्लास्टिको बोरामा, ५० किलो परिमाणमा प्याक गरी बजारमा पठाइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्