लोकमानले देश छोडे



काठमाडौं, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनी स्वास्थ्य उपचारका लागि त्यसतर्फ लागेको बताइए पनि कहिले फर्कन्छन् भन्ने कुरा खुलेको छैन।

विमानस्थलका डीआईजी गोविन्द निरौलाले जानकारी दिएअनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे विमानस्थलबाट प्रस्थान गरेका हुन्। उनका बारेमा अघिल्लो आइतबार अदालतले फैसला सुनाएकामा त्यसको ठीक एक हप्तापछि उनले देश छोडेका हुन्।

प्रतिक्रिया दिनुहोस्