एउटै व्यक्तिले करोडौं रुपियाँ खर्चेर जनतालाई आँखा अस्पताल



अनिल खत्री गुल्मी, २ माघ  ।
गुल्मीमा एउटै व्यक्तिले करोडौं रुपियाँ खर्चेर जनतालाई आँखा अस्पताल बनाई दिएका छन् । वामी ३ टार निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफल जमिन बाहेक १ करोड ७५ लाख रुपियाँ खर्चेर साढे दुईतले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाई दिएका हुन् ।

आफ्नै नामबाट कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र वामी गुल्मीको नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थप्रसाद मिश्रले भव्य समारोकाबिच उद्घाघाटन गरेका छन् ।

दानविर कृष्णहरी सापकोटा र उनका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले निवासीमै पुगेर वाजा गाजा सहित फुलमाला अविरले स्वागत गर्दै उद्घाटन स्थलसम्म ल्याएका थिए । स्थानिय कसैलाई दुख नदिई सापकोटा आफँैले उक्त भवन बनाएका थिए ।

सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव ग¥यो । त्यस बेला उपयुक्त जग्गा कतै नपाएपछि त्यो प्रस्ताप असफल हुने देखेर सापकोटाले ६ वटा सडकहरु छोएको आफ्नै एक रोपनी क्षेत्रफल जमिन दिए । पछि सरकारी रकम र दाताको पनि अभाव देखे पछि आफै बनाई दिन्छु भनेर सुरु गरेका थिए ।

सापकोटाका छोरा छोरी बिदेसका बिभिन्न देसमा रहेका छन् । उनले आफ्नो सन्तानको एक पैसा खर्च नगरेर आफ्नो पुर्खेयौंली सम्पत्तीकै श्रोतबाट उक्त अस्पताल बनाएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यले बताए । जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले शाखाको तर्फबाट दानविर सापकोटा र उनको परिवार प्रति कृतज्ञता जाहेर गरे । सदरमुकाम तम्घासबाट वाग्लुङ्गको सिमानामा रहेको वामी गाविसका जनता यस अघि वाग्लुङ्गको हटियामा उपचार गर्न जाने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्