दाहाललाई मातृशोक



 

काठमाडौँ, २ माघ । संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ ।

उहाँकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको हो ।

मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहनुभएकी दाहालको आफ्नै निवास रातोपुलमा स्वस्थानी कथा सुनिरहेकै अवस्थामा निधन भएको थियो ।

उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको अहिले बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस्