अछाममा पनि मनाईयो राष्ट्रिय भूकम्प सुरक्षा दिवस



(बिष्णुप्रसाद भण्डारी)/ अछाम, २ माघ ।
अछाममा पनि राष्ट्रिय भू–कम्प सुरक्षा दिवस मनाईएको छ । आइतबार बिहान मंगलसेन बजारमा ¥याली सहित कोणसभा गरेर दिवस मनाईएको हो ।

अछामका निमित्त स्थानीय बिकास अधिकारी मित्रदेव लम्सालको अध्यक्षतामा भएको कोणसभामा जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंगेनी प्रमुख आतिथी रहनु भएको थियोे । प्रमुख अतिथिको आसनबाट बोल्दै पंगेनीले भू–कम्पिय जोखिमबाट बच्न सबैले भू–कम्प प्रतिरोधी घर निर्माण गर्नु पर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सेनाले अछाम जिल्लामा दैवी प्रकोपका कुनै पनि घटना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट सक्दो पहल गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका सचिव नमबहादुर शाही, नेकपा एमालेका जिल्ला कममिटी सदस्य नमराज न्यौपाने, नेकपा माओबादी केन्द्रका सरस्वती रावल, बिप्लव नेतृत्वको नेकपा मओबादीका शेरबहादुर बिक, नेकपा क्रान्तिकारी माओवादीका काँशीराम जैशी, नेपाल पत्रकार महासंघ अछामका सचिव शिवराज ढुंगाना, महिला बिकास अधिकृत भगवती अर्याल, अनुसन्धान अधिकृत लोकरान जोशी लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि पत्रकारहरु समेतको सहभागिता रहेको थियो ।

जिविस अछामका लेखापाल सरदप्रसाद ढुंगानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्