दुई एकान दुई हो कुरो उही हो



हरेक साता राति साढे नौ बजे नेपाल टेलिभिजन हेर्ने गर्नुभएको छ भने माथि उल्लेखित शीर्षक पढ्ने बित्तिकै यहाँहरुले थाहा पाइसक्नुभयो हास्य टेलिश्रृंखला के जमाना आ? को हिट थेगोमध्येको एक हो यो। तर यो थेगो केवल थेगोमै मात्र सीमित छैन। यसभित्र एउटा मीठो संयोग पनि छ।

हजुर लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका थुपै्र लोकप्रिय पात्रमध्येका एक पात्र धतुरेको संयोग पनि हो यो थेगो र माथिको शीर्षक। भद्रगोलकै धतुरे सीपी पुडासैनी तीनै धतुरे हुन्, जो के जमाना आ? मा पनि धतुरेकै रूपमा प्रस्तुत भइरहेका छन्। उनी स्वकै पहल र समन्वयमा नेपाल टेलिभिजनबाट हिजो शुक्रबारसम्म गरी १५ सातादेखि प्रसारण हुँदै आएको के जमाना आ? को निर्देशन पनि उनी आपैmँले गरिरहेका छन्। भद्रगोलमा हिट हुँदाहुँदै सो सिरियलबाट अचानक हराएका उनी केही वर्षपछि अचानक नै के जमाना आ? मा पनि अचानक धतुरेकै रूपमा देखा परेका हुन्। ‘धतुरेका रूपमा सबै दर्शकले मलाई मन पराउनुभएको थियो। त्यसैले म त्यही पात्रका रूपमा फेरि आएको हुँ।


अहिले पनि मलाई यो पात्रका रूपमा दर्शकले स्वीकारी दिनुभएकाले खुसीसँगै उत्साहित पनि छु सीपी भन्छन् ‘भद्रगोलपछि एउटा नयाँ कमेडी सिरियल आपैmँले बनाउने सोचमा थिएँ। यसका लागि साथीहरुको टिममा बसेर धेरै नै मेहनत र गृहकार्य गरी के जमाना आ? ल्याएका छौँ। पाँचौ डमी पास भएपछि मात्र सिरियल प्रसारणमा आयो। सिरियलको प्रसारण शुरु भएदेखि नै दर्शकबाट राम्रो प्रतिक्रिया पाउँदा यसलाई अभैm राम्रो बनाउने जोश र जाँगर बढेको छ। बीचमा अमेरिका जाने सोच र योजना पनि बनाएको थिएँ, तर दर्शकको मायाले रोक्यो र सिरियल ल्याइयो।’

भद्रगोलमा केवल धतुरेका रूपमा प्रस्तुत भएका सीपी के जमाना आ? मा भने धतुरेका साथमा आइतेका रूपमा पनि प्रस्तुत हुन थालेका छन्। ‘भेराइटी दिउँ भन्ने सोचले आइते पनि बनेको छु, दर्शकले मन पराइदिनुभएकाले आगामी दिनमा अरु क्यारेक्टर पनि डेभलप गर्ने सोच छ।’ धतुरेका रूपमा ‘के रे बुङ्गो? तँलाई झट्टीले हानेर पक्लक्कै पारदिउँ? दुई एकान दुई हो, कुरो उही हो’ भन्ने सीपी आइतेका रूपमा ‘मु त समावेशी छोरो हुँ। आमा बुर्किन्छी, बाउ नाक चुच्चे, अनुहारमात्र बाहुनको बानी बेहोरा सब तामाङको, आइतेलाई काइते बनाउने?’ भनेर दर्शक हसाउँछन्।

रमाइलो कुरा के छ भने सिरियलका धेरैजसो पात्र थेगेकै कारणले चिनिन्छन्।
सिरियलमा कलाकार शिरोमणि दवाडी खोपे काजी बनेर ‘हरि भगवान्का दशा’ भन्दै अगाडि बढ्छन् भन्ने हाल प्रसारण बन्द भएका धेरैजसो कलाकारको श्रृंगार गरेका मेकअप आर्टिस्ट गणेश खड्का क्वाँके बनेर ‘प्लीज प्लीज’ भनिरहन्छन्। अर्का कलाकार उमेशकुमार केसी डिग्री माइला बनेर भन्छन् ‘यो डिग्रीले यो डिग्री हल्लाउँदा कत्तिको डिग्री हल्लिन्छ, त्यतिखेर थाहा हुन्छ।’

सिरियलका निर्मातामध्येका एक गोविन्दप्रसाद उपाध्याय गाउँले नेताका रूपमा प्रस्तुत हुँदै थेगो बोल्छन् ‘गरने के?’ निर्माण नियन्त्रणको कामसमेत सम्हालेका सन्तोष आचार्य गोकर्णे बनेर भन्छन् ‘जनताले मानेपछि कसको के लाग्छ र?’ टेकराज लाङ्घाली चिलीम दोर्जे बनेर हसाउँछन् ‘आचेले हो…।’ बाबुराम सुवेदी साइको बनेर प्रस्तुत हुँदै भन्छन् ‘साइको टक्कु एक हिसाबले थेगो नै थेगोले भरिएको सिरियलमा हालै आएर मुस्कान लामा डेब्यु पाएकी छिन्। भन्छिन् ‘अहिले इन्ट्रि मात्र भएको छु, काम त देखाउनै बाँकी छ।’ अर्का कलाकार शिरोमणि दवाडी दर्शक रेस्पोन्सले सिरियलमा काम गर्नुको आनन्द बढाएको बताउँछन् भने उमेशकुमार केसी यसमा फरक किसिमको भूमिका गरी फरक रेस्पोन्स पाएको बताउँछन्।

स्वर्णिम क्रियसनको ब्यानरमा विष्णु नेपाल, गोविन्दप्रसाद खतिवडा र रामप्रसाद (नवराज) पुडासैनीको निर्माण रहेको के जमाना आको लेखन यसकै निर्देशक तथा कालकार सीपी पुडासैनी र श्रीराम रायमाझीको रहेको छ भने विष्णु नेपाल, तारा केसी, राम थापालगायतले पनि यसमा अभियन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्