समलिंगी इराकी सैनिक जोडीको कथामा चलचित्र बन्यो



क्लेयर वेट्स, (बीबीसी) इराक युद्ध चरम अवस्थामा पुगेकोवेला अमेरिकी सैनिक भाषा अनुवादक नायफ रेविद र इराकी सैनिक ब्टु अल्लामीबिच प्रेम भएको थियो। यि दुई पुरुष समलिंगीको संगै बाँच्ने १२ वर्ष लामो खतरनाक संघर्ष पनि त्यहिवेला देखि शुरु भएको थियो।

सन् २००३ मा नायफले आफुलाई इराक युद्ध बिच पाए। फाइन आर्टसमा स्नातक गरेका केहि पनि जागरि नपाए पछि आखिर अमेरिकी सेनाका लागि भाषा अनुवादको रुपमा काम शुरु गरे। उनी पुरान दिन यसरी सम्झिन्छन्, ‘त्यसवेला म सबैभन्दा खतरनाक रामादी स्थित सैनकि अखाडामा काम गर्दथें। हामी गश्ती निस्किंदा थुप्रै मानिसहरू सडक छेउमा बिच्छाइएका बारुदी सुरुङ विस्फोट र लुकीछिपि हानिएका गोली लागेर मर्ने गर्दथे।’

म आफैले सोध्थें, ‘म किन यहाँ छुं ? म किन यहाँ काम गर्दैछुं।’ तर इराकी फौजका एकजना सैनिकसंग भेट भएपछि भने उनको सोचाईमा परिवर्तन आयो। उनी भन्छन्, ‘एकदिन म बाहिर बसिरहेको थिएं। त्यो मान्छे स्नानगृहबाट बाहिर आए। मैले उनको चम्किालो कालो केश देखें। उनी मुस्कुराइरहेका थिए। मलाई त्यो मान्छे साँच्चै निकै हिस्सी परेको लाग्यो। त्यसतो खतरनाक र नराम्रो स्थानमा केहि राम्रो घटना भएको जस्तो लाग्यो।’ रेविद गोप्य रुपमा समलिंगी यौन कार्यमा संलग्न रहँदै आएका थिए।

इराकमा समलिंगी यौन सम्बन्धलाई सामाजिक मानयता थिएन। कसैले थाहा पाएमा हिंसात्मक आक्रमण हुने त्यतिकै खतरा थियो। उनी भन्छन्, ‘इराकमा समलिंगीहरूलाई निकै नराम्रो दृष्टिकोणले हेर्ने गरिन्थयो। तिनीहरका परिवारले निकै अपमान हनु पर्दथ्यो। यसैको कारण कसैको हत्या समेत हुन सक्थ्यो। त्यसैले होशियार रहनु जरुरत थियो।’ तर उनले ति कालो केशवाला ब्टु अल्लामी नामक सैनि पनि आफु प्रति आकर्षित भइसकेको भने चालै पाएनन्। अल्लमी भन्छन्, ‘मलाई लामो समय देखि यहि मानिसलाई आफुले खोजिरहेको जस्तो अनौठो महशुस भयो। मेरो उनी प्रतिको भावना गहिरिंदै गायो। मलाई उनीसंग बोलुँ बोलुँ लाग्यो।’

संयोगवश रमादी शहरको एउटा सरकारी अस्पतालमा लडाकुहरूको सफाया गर्ने अभियानमा तिनीहरूबिच परिचय भयो। रेविद भन्छन्, ‘एकदिन गश्तीबाट फर्केर हामी एउटा सुरक्षित घरमा पुगेपछि उनले मलाई संगै बसेर खान र कुरा गर्न बोलाए। त्यसपछि हामी हरेक राति कुराकानी गर्न थाल्यौं। उनी प्रति मेरो माया बाक्लिंदै गयो।’

उक्त भेटघाटको तीन दिनपछि तिनीहरूले बाहिर एकान्तमा भेट्ने मौका जुराए। टन्न अमेरिकी सवारी साधन हम्भिीस राखिएको अँध्यारो स्थान मा तिनीहरू बसे। अल्लामी भन्छन्, ‘मैले आफुलाई नायफको निकै नजिक महशुस गरें। केहि भन्ने सहि मौका त्यहि हो जस्तो लाग्यो।’

त्यसैले धक नमानी मैले आफ्नो उनी प्रतिको भावना पोख्दै मैले उनलाई मन पराएको बताइदिए। उनले मलाई म्वाय खाएर गए। त्यो गजबको रात थियो। त्यसको दुई दिनसम्म मैले खाना पनि खाइन।’ त्यसपछिका दिनहरूमा तिनीहरू एक आपसमा निजिकिन थाले। शिविरमा सके सम्म धेरै समय तिनीहरू स.गै बस्न थाले।

रेविद भन्छन्, ‘मिसनमा जाँदा हाम िसकेसम्म संगसंगै रहन खोज्थ्यौं। जबकी अधिकांश समय म अमेरिकीहरसंग हुनु पथ्र्यो। हामीसँगै हिंड्थ्यौं, तसवीर खिच्थ्यौं।’ चाँडै नै तिनीहरूको व्यवहारलाई तिनीहरूका अमेरिकी र इराकी साथीहरूले ध्यान दिन थाले। रेविद भन्छन्, ‘मैले अमेरिकी क्याप्टेनलाई हाम्रो सम्बन्धबारे जानकारी दिएं। उनले केहि दिन अल्लामीलाई हाम्रो शिविरमा रात बिताउन मद्धत गरे। तर अन्य केहि सैनिकले भने म समलिंगी भएको थाहा पाएर मसंग बोल्न पनि छाडे। भाषा अनुवादमै संलग्न मेरै शहर निवासी एक इराकी साथीले त लठीले हिर्काएर मेरो हातै भाँचिदिए।’

सन् २००७ मा तिनीहरू दुवैलाई उउटै स्थानमा दक्षिणी इराकको दिवानियाहमा खटाइयो। एउटै स्थानमा रहेपनि उनीहरूले अझै आफ्नो समबन्धलाई गोप्यै रोखेका थिए। तर सन् २००९ मा रेविदले अमेरिकामा शरणार्थि बनन आवेदन भरे।
लामो समय सम्म लडाकुहरू विरुद्ध अमेरिकी फोजसंग काम गरेकाले इराकमा बस्नु उनको लागि निकै खतरा थियो। रेविद भन्छन्, ‘म पहिला त्यहाँ गएर चाँजोपाँजो मिलाउने र पछि अल्लामीलाइृ बोलाउने योजनामा थिए। इराकमा हाम्राु भविष्य छैन भन्ने हामलिाई थाहा थियो।’

हामीसँग इराकमा महिलासंग विवाह गरी गुमनाम जिन बिताउनु बाहेक केहि उपाय थिएन। रेविद शरणार्थी बनेर अमेरिकाको सियाटलमा सहन थाले। उनले अल्लामीको लागि भिसा मिलाउन सकेन। अललामीको परवारले वास्तविकता थाहा पाएपछि उनलाई महिलासंग विवाह गर्न दवाव दिन थाल्यो।

त्यसपछि रेविदकै सहयोगमा भागेर लेवनानमा पुगेका उनी थप प्रयास गरी क्यानाडाको भ्यान्कुभर पुगे। अब दिनहुँ स्काइपमा कुरागर्ने यि जोडी बिच १ सय ४० माइल दुरी मात्र बाँकी रह्यो। तिनीहर हारेन प्रयास जारी रह्यो र अन्तत २०१५ मा अल्लामीले पनि अमेरिका प्रवेश पाए। त्यहाँ वैधािनकरुपमा विवाह गरी अहिले सियाटलमा बसिरहेका यि समलिंगी जोडीको कथामा अमेरिकामा ‘आउट अफ इराक’ नामक चलचित्रै बनेको छ।

प्रतिक्रिया दिनुहोस्