र्यापर यम बुद्धद्वारा लन्डनमा आत्महत्या



र्यापर यम बुद्ध (अनिल अधिकारी) ले शनिबार बेलायतको लन्डनमा आत्महत्या गरेका छन् । उनका नातेदार तथा नायक रेश मरहठ्ठाले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार उनको शव
पोस्टमार्टमका लागि अस्पतालमा लगिएको छ । उनले किन आत्महत्या गरे भन्ने कुरा प्रस्ट हुन सकेको छैन ।
काठमाडौंमा बस्दै आएका उनी केही समयअघि लन्डन गएका थिए । उनको शव नेपाल ल्याइने बारेमा पारिवारिक स्रोतले समेत कुनै जवाफ दिन सकेन ।

प्रतिक्रिया दिनुहोस्