बाख्रा स्टाइलबाट चर्चा



तराई आइडल र एक्टिङ कम्पिटिसनमा पहिलो उपाधि जित्न सफल झापाकी आरती ओझा यतिखेर पुर्वमा निकै चर्चामा छिन्। २०७३ सालको उकम्पिटिसनमा प्रथम भएकी उनी कमेडी गायक श्रीकृष्ण लुईटेलको बव्लु एल्वममा समावेश यो हो बाख्रा स्टाईल बोलको गीतक चर्चामा छिन्। पुर्वमा बालकदेखि युवायुवतीको मुखैमा बाख्रा स्टाईल बोलको गीतले डेरा जमाएको छन्। ‘बाटोमा हिँड्दा यो बाख्रे स्टाईल भनेर जिस्क्याउँछन्। यसरी चर्चामा आईएला भनेर सोचेकी थिइनु उनी भन्छिन्।

उनलाई यतिले मात्र चर्चामा ल्याएको भने होइन। स्थानिय हिमशिखर टेलिभिजनबाट प्रसारित स्टुडेन्ट सिरियलमा प्रमुख नायिकाको भुमिकामा देखिएपछि उनको चर्चा चुलिएको छ। एक्टिङ कम्पिटिसनबाट छानिएकी आरतीलाई यस सिरियलमा निर्देशक ज्ञानेन्द्र कोईरालाले प्रवेश गराएका हुन्। आशाको भुमिकामा प्रस्तुत भएकी आरती बोल्ने शैलीका कारण यो सिरियलबाट चर्चामा छिन्।

‘नेपाली फिल्ममा खेलायन कति निर्देशक ,निर्माताहरू आउनुहुन्छ तर स्क्रिफ्ट चिक्त नबुझेर खेल्दिन भनेर फर्काएको छु आरती गफ लाउँछिन् ‘फिल्म खेल्नकै लागि भनेर यो क्षेत्रमा आएको हुँ। राम्रो स्क्रिफ्ट पाएँ भने फिल्म खेल्छु।

प्रतिक्रिया दिनुहोस्