नियमित बस संचालनमा आएपछि स्थानीयमा छायो खुशी



(बालुवापाटी)/काभ्रे, २ माघ ।
काठमाडौंदेखि सिन्धुपाल्चोकको चौतारासम्म नियमित बस सेवा संचालनमा आएपछि यहाँका स्थानीयमा खुशीयाली छाएको छ ।

काठमाडौंको चुच्चेपाटी, साँखु, काभे्रको बालुवापाटी गाविसको कात्तिके भञ्ञ्याङ, हलेदे, चुरीथुम्का, सिपाघाट हुदै सिन्धुपालञ्चोकको चौतारासम्म आइतबारदेखि नियमित बस संचालनमा आएको हो । बस संचालनमा आएपछि स्थानीयबासीले बाजागाजा सहित खुशीयाली मनाएका छन् ।

माघ १ गते बालुवापाटीको कातिके भञ्ञ्याङमबाट उतm बसको सुरुवात भएको हो । उतm बस संचालनको उद्योग राज्य मन्त्री एवम् नेपाली काँगे्रसका नेता कञ्चनचन्द्र बादेले एक कार्यक्रमका वीच उद्घाटन गरेका छन । कार्यक्रममा राज्यमन्त्री बादेले बाटो स्तरोनतीका लागि पहल गर्ने बताए ।

उनले निर्वाचनको समयमा आफु हिडेर आएको स्मारण गदै आफ्नै पहलमा बाटो मर्मत तथा निर्माण गरेर नियमिति बस संचालनमा ल्याएको बताउँदै यसको स्तरोनतीका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले संसद विकास कोष, राष्ट्रिय योजना आयोग लगायतबाट समेत पहल गर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष टोकबहादुर वाइवाले विकासमा सबै एकजुट हुनुपर्ने बताए । उनले यहाँको विकासमा पहल गर्ने प्रतिवद्धता जनाए ।स्तरीय सडक नभएका कारण उतm ठाँउबाट बस संचालनमा नआउँदा उपत्यका जान लामो दुरीको बाटो प्रयोग गर्न स्थानीयबासी बाध्य हुदै आएका थिए ।

उनीहरु बस चढन कै लागि डेढ घण्टाको बाटो हिडेर सिपाघाट वा नगरकोट जानुपर्ने बाध्यता थियो । बस संचालनमा नआउँदा यहाँका स्थानीयबासीहरुले ६० किलो मिटर पार गरेर उपत्यका पुग्नुपर्ने बाध्यता थियो । बस संचालनमा आएपछि ३० किलो मिटर मै पुग्न सकिने भएको स्थानीयहरुले बताएका छन । हेलम्बु यातायात समितिले नियमित बस संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्