ट्रम्प चीन र रसियासँग सहकार्य गर्न तयार



वासिङटन, (एजेन्सी)
नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि चीन र रसियाले आपसी सहयोग गर्ने हो भने आफु तिनीहरूसंग काम गर्न इच्छुक रहेको शनिवार बताएका छन्। वाल स्ट्रिट जर्नलसंग कुराकानी गर्ने क्रममा ट्रम्पले क्रिमिया कब्जा गरेको कारणले रसिया माथि लगाइएको नाकावन्दि कम्तिमा थप केहि समय सम्म जारी रहने र त्यसपछि हटाइन सक्ने जानकारी दिएका छन्।

उनले एक चीन नीतिमा अमेरिकाले ताइवानलाई अब मान्यता नदिने र यसबारे पनि वार्ता हुन सक्ने बताएका छन्। अन्तर्वार्ता दिने क्रममा ट्रम्पले मस्कोले वासिंगटनलाई इस्लामिक अतिवाद विरुद्ध लड्न र अन्य विषयमा हयोग गरेको खण्डमा रसिया माथिको नाकावन्दि हटाइन सक्ने पन बताएका छन्।

साथै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग भेटने आफ्नो इच्छा रहेको र त्यसको वन्दोवस्त पनि हुने बताएका छन्। साथै उनले चीनले अमेरिकी कम्पनीहरूलाई व्यापारिक प्रतिस्पर्धा गर्ने अवसर दिइनु पर्ने बताएक छन्।
यसैबिच सिनेट गुप्तचर समितीमा रहेका रिपब्लिकन र डेमोक्रेटिक नेताहरूले रसियाको साइवर क्रियाकलाप र गुप्तचर अभ्यास सम्बन्धमा अनुसन्धान जारी रहने बताएको छ। डिसेम्वरमा राष्ट्रपति वाराक ओवामाले राष्ट्रपतिय चुनावको दौरान ह्याकिंग गरेको अभियोगमा ३५ जना रुसी कुटनिितज्ञलाई देश निकाला गरेका थिए।

प्रतिक्रिया दिनुहोस्