टेक्सासमा वर्षकै पहिलो मृत्युदण्ड



वासिङटन, (एजेन्सी)
अमेरिकाको टेक्सास कारगारले सन् २०१७ को पहिलो मृत्युदण्डलाई कार्यान्वयन गरेको छ। लामो समय देखि विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिने कि नदिने भन्नेबारे विवाद चल्दै आएको थियो।
अमेरिकी सर्वोच्च अदालतले अन्मि मय समम पनि क्षमादान दिन अस्विकार गरेपछि ४८ वर्षिय क्रिस्टोफर विल्किन्सलाई हन्ट्सभिल्ले स्थित टेक्सास राज्य कारागारमा मृत्युदण्ड दिइएको हो।

उनी माथि सन् २००५ मा दाहोरो हत्याको अभियोग लगाइएको हो। उनले २० डलरको क्र्याक कोकिन किन्ने विवादका क्रममा एकजनाको हत्या गरेका थिए। साथै उनले उक्त हतयकाण्डको अघिल्लो दिन पनि फोनको पैसा तिर्ने र चोरिएको कारबाट फुटपाथमा दुईजना व्यक्तिलाइृ ठोकाउने विवादमा पनि एकजना अर्को व्यक्तिको हत्या गरेको अदालत समक्ष स्विकारेका थिए।

ति दुईजना मध्ये एक जनाले आफ्नो सनग्लास चोरेको शंकाकै भरमा उनले कारले किच्न खोजेका थिए। पुर्व ट्रक ड्राइभर उनले अन्तिम समयमा मृत्युदण्ड दिइनु कुनै ठुलो कुरा नभएको तर आफ्ना वकिलले राम्ररी वकालत नगरि दिएकोमा आफुलाई चित्त नबुझेको बताएका थिए। अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडिए) ले सन् २०१५ मा मृत्युदण्ड दिन प्रयोग गरिने पेन्टोवार्विटल नामक औषधि अवैध ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्