जनमतः आफ्नै विशेषता र पहिचानमा जनमत मासिक राष्ट्रिय “क” वर्गमा



मोहन दुवाल
०३९ माघमा जनमत पाक्षिकका रूपमा दर्ता भई २०४५ माघदेखि साहित्यिक मासिकका रूपमा प्रकाशन गर्न अनुमति प्राप्त भएको जनमतको हालसम्म करिब ३२ वटा पाक्षिक र २३० वटा मासिक अङ्क प्रकाशित भइसकेको छ । आफ्नै विशेषता र पहिचानमा जनमत पत्रिका प्रकाशन भइरहेको सबैमा विदितै भएको विषय हो । प्रेस काउन्सिल नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानको मूल्याङ्कन सूचीमा राष्ट्रिय स्तरको ‘क’ वर्गमा यस वर्ष पनि सूचीकृत भएको यस जनमत साहित्यिक मासिकको देश र विदेशमा समेत गरी हालसम्ममा १३०० जना आजीवन ग्राहक, संरक्षक र मानार्थ संरक्षकहरू छन् । दार्जीलिङ, सिक्किमलगायत नेपालका धेरैजसो जिल्लामा जनमत मासिकका आजीवन सदस्यहरू रहेको यस पत्रिकालाई प्रचार–प्रसार गरी सघाइदिने सबै सहयोगीहरूमा जनमत परिवार आभार व्यक्त गर्दछ । जनमतमा प्रकाशित हुँदै आएका कथा, कविता, निबन्ध, नियात्रा⁄संस्मरण, नाटक, समीक्षा⁄समालोचना विधाका लेख–रचनाहरूबाहेक ३४ वर्ष जनमतको आयु पुगेको क्रममा विस्तृत चर्चा गर्न खोजिएको छ ।

विशेषता र पहिचानका क्रमहरू
१. २०४५ माघ अङ्कदेखि हालसम्म ‘आगामी आकर्षण’मा लेखकहरूको नाम सार्वजनिक हुँदै व्यवस्थित गरिंदै आएको यस जनमत मासिकको यस खालको ‘आकर्षण’ राष्ट्रबाट प्रकाशित अन्य साहित्यिक पत्रिकाहरूभन्दा भिन्न देखिँदो छुट्टै विशेषता र पहिचान हो ।

२. ३३ वर्षअघिदेखि प्रकाशित जनमत पाक्षिक र मासिकको रूपरङ्ग, साइज यथावत् आजसम्म पनि कायम छ । जनमतको यो अभियान सङ्ग्रहकर्ता पाठकहरूका लागि असजिलो नहोस् भन्ने चाहनाको प्रकाशन हो ।

३. जनमत मासिकको २०४५ माघको पूर्णाङ्क १ मा तोया गुरुङ⁄शारदा शर्मादेखि शुरू भएको मनोभावना पृष्ठमा सुधा भट्टराई (२०७३ भदौ २२७) सम्ममा जम्मा १४६ जना लेखिकाहरूको अन्तर्वार्ता प्रकाशित भएको देखिन्छ ।

हालसम्म जनमतमा क्रमागत प्रकाशित लेखिकाहरूमा तोया गुरुङ, शारदा शर्मा, देवी शर्मा, सीता पाण्डे, भागीरथी श्रेष्ठ, सरला श्रेष्ठ, डा. बेञ्जु शर्मा, डा. सुधा त्रिपाठी, रमा शर्मा, मञ्जु काँचुली, शोभा गौतम, रेवती राजभण्डारी, पारिजात, सुशीला भट्ट, छिन्नलता, उषा शेरचन, डा. अरुणा उप्रेती, रञ्जुश्री पराजुली, गोमा, सृजना श्रेष्ठ, उषा दीक्षित, सविना श्रेष्ठ, गीताकेशरी, बुना दोषी, भारती खरेल, चनु खड्का, अनिता तुलाधर, बाबा बस्नेत, शुभ श्रेष्ठ, भुवन ढुंगाना, मोमिला, शान्ता श्रेष्ठ, लक्ष्मीदेवी राजभण्डारी, पुष्पलता आचार्य, प्रतिसरा साय्मि, सुलोचना मानन्धर, कविता शेरचन, कमला सरूप, पदमावती सिंह, अरुणा वैद्य, ललिता दोषी, शशिकला मानन्धर, नम्रता गुरागाईं, प्रभा भट्टराई, सिर्जना दुवाल, सन्ध्या पहाडी, डा. सुषमा आचार्य, नर्मदेश्वरी सत्याल, हरिकला उप्रेती, ओमी शर्मा, हिरण्यकुमारी पाठक, सन्तु श्रेष्ठ, कविता पौडेल, वीणाश्री प्रधान खरेल, बुनु लामिछाने, माया ठकुरी, जलेश्वरी श्रेष्ठ, श्रेष्ठ प्रिया पत्थर, लक्ष्मी उप्रेती, रेणुका भट्टराई, पीताम्बरा उपाध्याय ‘पीयूष’, वसुश्री पाण्डे, रीना तुलाधर, गीता त्रिपाठी, रुकु कार्की, सरस्वती शर्मा ‘जिज्ञासु, नवीना श्रेष्ठ, इल्या भट्टराई, गीता मञ्जुश्री, कृष्णादेवी शर्मा श्रेष्ठ, उन्नति बोहरा ‘शीला’, लक्ष्मी माली, भवानी क्षेत्री, सिर्जना शर्मा, सीता शर्मा, साधना प्रतीक्षा, सुविसुधा आचार्य, डा. चुन्दा बज्राचार्य, सरला जोशी, बबी थापा, सीता प्रधान, नीलम कार्की ‘निहारिका’, राधिका राया, स्नेह पोखरेल, केशरी बज्राचार्य, सरू पोखरेल, प्रकाश प्रधानाङ्ग, चन्द्रकला नेवार, हरिदेवी कोइराला, जयन्ती स्पन्दन, शर्मिला खड्का, गीता लामिछाने, हेमन्ती जोशी, ममता शर्मा नेपाल, सावित्री श्रेष्ठ, तुलसी शर्मा, कल्पना प्रधान, डा. गीता क्षेत्री, स्नेहलता राई, डा. वीणा सुब्बा हाङखिम, विन्द्या सुब्बा, सविता थापा ‘सङ्कल्प’, यशोदा अधिकारी, मनिषा गौचन, सविता श्रेष्ठ ‘बेहोसी’, सरस्वती रिजाल, सरिता तिवारी, रेणुकुमारी गुप्ता, रजनी ढकाल, लीला लुइँटेल, कौशल्या मुखिया (सुब्बा), गीता पन्थ, गङ्गा पौडेल, शशि थापा, जयन्ता पोखरेल, दीप्स शाह, प्रतिमा श्रेष्ठ, सन्जु बजगाईं, एल शर्मा, उर्मिला सापकोटा (शाक्य), ओमी शर्मा, दीपा ऐर उदासी, भगवती अर्याल (पाण्डे), डा. कविता लामा, सिन्धु पाण्डे, कल्पना अधिकारी, रेमिका थापा, कमला खत्री, सरस्वती श्रेष्ठ ‘सरू’, करूणा सिग्देल ‘कृष्ण’, शारदा पराजुली, मिठाईदेवी विश्वकर्मा, राधा पाण्डे, लक्ष्मी बडाल, विनिता कार्की, सरिता जोशी, भवानी पाण्डे, तारा के.सी. (कुँवर), राधा बास्कोटा, प्रतिमा विवश राई, नारा जोशी, गायत्री लम्साल ‘रोशनी’, गंगा सुवेदी, शिला पन्त, प्रा.डा. उषा ठाकुर र सुधा भट्टराई छन् ।

यसमध्ये जनमतका विशेष सहयोगी ओमी शर्मा अल्पायुमा नै अवसान भएकोले उहाँको मनोभावना ओमी शर्मा स्मृति विशेषमा पनि दोहोरिएर प्रकाशित भएको देखिन्छ । जनमतले शुरूदेखि हालसम्म लेखिकाहरूलाई प्रोत्साहित गर्न प्रकाशन हुँदै आएको यस स्तम्भले जनमतको लेखिकाहरूसँगको सम्बन्ध र सम्पर्क अटुट रहन गएको छ ।

४) ‘स्रष्टा⁄सम्झना’ स्तम्भमा दिवंगत स्रष्टाहरूको स्मृतिमा उहाँहरूको लेख–रचना, कविता प्रकाशित गरिंदै आएको जनमतको आफ्नै खालको स्तम्भ हो । जसमा हालसम्म लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्रसिंह प्रधान, भूपि शेरचन, केदारमान व्यथित, वासु शशी, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, गोकुल जोशी, चित्तधर हृदय, भैरव अर्याल, पारिजात, लेखनाथ पौड्याल, हरिभक्त कटुवाल, धरणीधर कोइराला, पोषण पाण्डे, अलिमियाँ, बी.पी. कोइराला, भीमदर्शन रोक्का, भीमनिधि तिवारी, शङ्कर लामिछाने, विजय मल्ल, गुरुप्रसाद मैनाली, जनकलाल शर्मा, जनकप्रसाद हुमागाईं, टी.आर. विश्वकर्मा, गोपाल पाँडे ‘असीम’, शङ्कर कोइराला, धुस्वां साय्मि, ऋद्धिबहादुर मल्ल, रमेश विकल, ईश्वरवल्लभ, नरेन्द्र चापागाईं, बालकृष्ण सम, धरणीधर कोइराला, मोहन कोइराला, बालचन्द्र शर्मा, घ.च. गोतामे, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, रामलाल अधिकारी, भवानी घिमिरे, उत्तम कुँवर, यदुनाथ खनाल, करुणाकर वैद्य, रत्नध्वज जोशी, कुलचन्द्र कोइराला, डा. सूर्यमणि अधिकारी, भीमनिधि तिवारी, सुन्दर मधिकर्मी, कृष्णचन्द्रसिंह प्रधान, वासुदेव लुइँटेल, लीला सिंह कर्मा, अरुण मिश्र, हेमराज पहारी, शिवेन्द्र श्रेष्ठ, डा. ऋषिकेश उपाध्याय, मदनमोहन जोशी, शशि भण्डारी, नृपबहादुर स्वाँर, कृष्ण पाख्रिन, डा. ईश्वर बराल, क्रान्तालाल ‘प्रभात’, जीवन आचार्य, केवलपुरे किसान, घनश्याम ढकाल, देवराज शर्मा भट्ट, लैनसिंह वाङ्गदेल, पूर्णप्रसाद ब्राह्मण, महानन्द सापकोटा, भानुभक्त आचार्य, कृष्णप्रसाद पराजुली, डा. देवीप्रसाद ओझा, आशाकाजी श्रेष्ठ ‘सेवक’, माधवलाल कर्माचार्य । कवि भीमनिधि तिवारी र धरणीधर कोइराला दोहरिएर छापिएको छ । यो स्तम्भ दिवंगत स्रष्टाहरूमा समर्पित स्मृति स्तम्भ हो । इतिहासलाई बिर्सनुहुँदैन भन्ने जनमतको यो संकेत हो ।

५) ‘जनमत के भन्छ ?’ जनमत मासिकको सम्पादकीय हो । पूर्णाङ्क १८१ अङ्क (२०६९) भाद्र महिनादेखि कवितामा ‘जनमत के भन्छ ?’ प्रकाशित भएको देखिन्छ । कवितामा समसामयिक भावना अभिव्यक्त हुने यो स्तम्भ जनमतको आफ्नै खालको पहिचान दिने स्तम्भ हो ।

६) जनमत मासिकमा विविध विषयमा आफ्नो विचारका रूपमा अन्तर्वार्ता प्रस्तुत गर्नुहुने काभ्रे र राष्ट्रका स्रष्टा⁄द्रष्टाहरूमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भुवनेश्वरी तिवारी, युद्धप्रसाद मिश्र, भरतराज पन्त, धुस्वां साय्मि, बेन्जु शर्मा, मञ्जुल, विश्वविमोहन श्रेष्ठ, विजय बजिमय, हेमन्त श्रेष्ठ, अविनाश श्रेष्ठ, गोपाल पराजुली, दुवसु क्षेत्री, ललिजन रावल, मञ्जु काँचुली, महेश रेग्मी, भीष्म उप्रेती, श्रवण मुकारुङ, सानुराजा श्रेष्ठ ‘अन्जान’, अर्जुनप्रसाद पराजुली, सरस्वती चिमौरिया, सत्यश्वर मकै, अशोक व्याञ्जू, पारिजात, केदारमान व्यथित, धर्मराज थापा, कृष्णप्रसाद पराजुली, श्यामप्रसाद शर्मा, भरतराज पन्त, कमल दीक्षित, जनकलाल शर्मा, भरतराज पन्त ‘मन्थलीय’, धुस्वां साय्मि, डा. भीष्मराज प्रसाईं, चूडामणि रेग्मी, अलि मियाँ, ठाकुरप्रसाद मैनाली, माधवलाल कर्माचार्य, नारायणप्रसाद शर्मा, डा. जनकलाल वैद्य, उत्तम नेपाली, माधव घिमिरे, कृष्णभक्त श्रेष्ठ, चन्द्रप्रसाद न्यौपाने, केवलपुरे किसान, मदनमणि दीक्षित, लैनसिंह वाङ्गदेल, चित्तरञ्जन नेपाली, डायमन शमशेर राणा, मनुजबाबु मिश्र, दुर्गालाल श्रेष्ठ, बालकृष्ण पोखरेल, कृष्णचन्द्रसिंह प्रधान, हरि श्रेष्ठ, लक्ष्मण राजवंशी, आनन्ददेव भट्ट, वासुदेव शर्मा लुइँटेल, डा. देवीप्रसाद ओझा, वासुपासा, पूर्णप्रकाश नेपाल ‘यात्री’ रोचक घिमिरे, भैरवनाथ रिमाल ‘कदम’, पूर्णानन्द भट्ट, वासुदेव भाइसाब, डा. ओमवीरसिंह बस्न्यात, ऋषिराम न्यौपाने, घटराज भट्टराई, रमेश विकल, जनकप्रसाद हुमागाईं, भद्रकुमारी घले, घनश्याम राजकर्णिकार, कपिल लामिछाने, आशाकाजी सेवक, गीता केशरी, कमल पौडेल, केवलपुरे किसान, रमा शर्मा, नृपबहादुर स्वाँर, अश्वघोष, डिल्लीरमण शर्मा अर्याल, तुलसी दिवस, तेजप्रकाश श्रेष्ठ, एस.पी. आसा, लक्ष्मीदेवी राजभण्डारी, पूर्ण वैद्य, भीम विराग, कृष्णप्रकाश श्रेष्ठ, बूँद राना, रमा शर्मा, डा. भीमचरण थापा, हरिहर खनाल, कृष्णप्रसाद दुवाल, शिव रेग्मी, वासुदेव भाइसाब, अर्जुन पराजुली, राधिका राया, श्यामकृष्ण श्रेष्ठ, नरेश शाक्य, विक्रम शाक्य, दामोदर पुडासैनी ‘किशोर’, इन्द्रकुमार विकल्प, गोविन्द गिरी प्रेरणा, गोपाल अश्क, मातृका पोखरेल, लक्ष्मण राजवंशी, डा. ओमवीरसिंह बस्न्यात, कपिल अज्ञात, हरि मञ्जुश्री, पुष्करराज भट्ट, कृष्ण धराबासी, हेमराज पहारी, चन्द्रकला नेवार, आर.सी. रिजाल, रामप्रसाद पन्त, डा. सुषमा आचार्य, पुण्य कार्की, कृष्ण जोशी, डी.आर. पोखरेल, मनप्रसाद सुब्बा, डिल्लीरमण शर्मा अज्र्याल, नरेन्द्रबहादुर श्रेष्ठ, खेमनाथ दाहाल, वीरबहादुर चन्द, विन्द्या सुब्बा, जगदीश घिमिरे, सत्यमोहन जोशी, सदानन्द अभागी, शान्तिनारायण श्रेष्ठ, थाम्सुहाङ पुष्प सुब्बा, डा. खेम कोइराला ‘बन्धु, श्यामप्रसाद शर्मा, नरनाथ लुइँटेल, विमला लुइँटेल, रामबाबु सुवेदी, डा. बेन्जु शर्मा, प्रेमविनोद नन्दन, भक्तबहादुर नेपाली, मनिराज जोशी, श्रेष्ठ प्रिया पत्थर, दुर्गाप्रसाद श्रेष्ठ, देवीप्रसाद वनबासी, डा. देवीप्रसाद सुवेदी, गोविन्दबहादुर कुँवर, राम विनय, शेषमणि आचार्य, प्रेम छोटा, घनश्याम कँडेल, गोविन्दराज विनोदी, श्यामप्रसाद शर्मा, भीम विराग, बालकृष्ण पोखरेल, किसनसिंह धामी, सरुभक्त, अलि मियाँ, लोकेन्द्रबहादुर चन्द, दीपसागर पन्त, सूब सेन, नारायणप्रसाद शर्मा, बुनू लामिछाने, ज्ञानकाजी मानन्धर, हरिप्रसाद पाण्डेय, जि.बी. लुगून, प्रा.डा. जयराज पन्त, जयराज ओझा, रामचन्द्र नेपाल, आत्माराम ओझा छन् । यस खालको विचार पृष्ठले जनमतको गरिमा साहित्यकारहरूमाझ फैलिएको पाइन्छ ।
(क्रमशः अर्को अंकमा)

प्रतिक्रिया दिनुहोस्