क्युवालीलाई अमेरिकामा भिसा खोजिने



वासिङटन, (एजेन्सी) अमेरिकी राष्ट्रपति वाराक ओवामाले लामो समय देखि बिना भिसा अमेरिका प्रवेश गर्ने क्युवालीहरूलाई अमेरिकामा वसोवास गर्न दिन लिइएको नीतिको अन्तय गरेका छन्। विस वर्ष अघि चल्दै आएको सो नीति अनुरुप अमेरिकी भुमि टेक्ने क्युवाली आप्रवासीहरूलाई एक वर्षपछि कानुनी रुपमा स्थाय िवसोवास गर्ने अनुमति दिइँदै आएको थियो।

अबदेखि क्युवाले पन अमेरिकाबाट फिर्ता पठाइएका कयुवालीहरूलाई स्विकार गर्ने भएको छ। तर यस कदमलाई लिएर अमेरिकामा वसोवास गर्दै आउका अधिकांश क्युवालीले वासिंगटनले मानव अधिकारलाई राम्रर िसम्वोधन गर्न असफल क्युवाले पुरुस्कार दिएको प्रतिक्रिया दिएका छन्।

आफ्नो कार्यकालको अन्मि दिनहरूमा ओवामाले क्युवासंगको सम्वन्ध अझै सुधार्ने प्रयास गरिरहेको बताइएको छ। वास्तवमा पहिला क्युवाबाट भागेर यसरी अमेरिकामा शरण लिने चलन थियो।

ओवामा भनेका छन्, ‘परिवर्तित नियम अनुसार अन्य राष्ट्रका आप्रवासीहरूलाई जस्तै क्युवालीहरूलाई पनि अमेरिकामा स्वागत गरिने तर त्यसका लागि तिनीहरूले हाम्रो प्रचलित कानुन पालना गर्नुपर्ने हुन्छ।’ ओवामाको दोश्रो कार्यकालमा अमेरिकाले क्युवासंग झण्डै दुई दशक लामो चिसिएको कुटनीतिक सम्बन्ध ब्युँताएको हो।

प्रतिक्रिया दिनुहोस्