अपेक्षा र सुनिता मिस मिसे व्युटीफुल



मेकअप आर्टिष्ट टेकराज पाण्डेले युवतीहरूको व्यक्तित्व विकासका लागि भन्दै आफ्नो संस्थाबाट विवाहित र अविबाहित युवतीबिच राजधानीमा एकसाथ दुई सौन्दर्य प्रतियोगिता आयोजना गरेका छन्। मेकअप आर्टिष्ट पाण्डेको दक्ष इन्टरनेशनल प्रालिले एकसाथ एकै मञ्चमा विवाहित र अबिबाहित युवतीबिच मिस व्युटिफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०१७ शिर्षकमा दुई वर्गको सौन्दर्य प्रतियोगिता आयोजना गरेको हो।

गत सालबाट आरम्भ गरिएको दोस्रो संस्करणको मिस व्युटीफुल नेपाल २०१७ को ताज अपेक्षा ढुंगानाले चुमेकी छिन् भने यसै वर्षबाट शुरु गरिएको पहिलो संस्करणको मिसेस ब्युटीफुल नेपाल २०१७ को ताज सुनिता कर्माचार्यले चुमेकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस व्युटीफुल नेपाल २०१७ प्रतियोगीतामा अपेक्षा ढुंगानाले १९ जना प्रतिस्पर्धीलाई पछाडि छोड्दै ताज चुमेकी हुन्। त्यसै गरी सुनिता कर्माचार्य ७ सह प्रतिस्पर्धीलाई पछाडि पार्दै मिसेस ब्युटीफुल नेपाल २०१७ को ताजकी विजेता भएकी हुन्।


एकै मञ्च र समारोहमा आयोजित प्रतियोगितामा मिस ब्युटीफुल नेपाल २०१७ को ताज चुमेकी अपेक्षाले बेस्ट स्माइलको उपउपाधिलाई पनि आफ्नो बनाएकी छिन्। त्यस्तै मिसेस ब्युटीफुल नेपाल २०१७ ताज चुमेकी सुनिता कर्माचार्यले बेस्ट हेयर र बेष्ट पर्सनालिटीको उपाधिसमेत आफ्नो बनाएकी छिन्।

सुन्दरीहरूबिचको मिस ब्युटीफुल नेपाल २०१७ प्रतियोगितमा एलिना बस्नेत फस्ट, कृति सिग्देल सेकेण्ड र युनिसा लामा थर्ड रनर्सअप भएका छन्। यो प्रतियोगितामा बिन्दु न्यौपाने मस्ट पपुलर, कृति सिग्देल मिस क्याटवक, एलिना बस्नेत मिस ट्यालेन्ट र बेस्ट स्पीच, अरिजा शाक्य बेस्ट हेयर र मस्ट फ्रेन्डली, रोजी कपाली बेस्ट स्किन, दिपाशा कपाली बेष्ट पर्सनालिटी, रोशनी अधिकारि मष्ट चार्मिङ, कबिता रिजाल बेष्ट फिटनेस, रोजिना बानिया मिस कन्जिनियालिटि, पुजा लामिछाने मष्ट डिसिप्लिन, स्वस्तिका श्रेष्ठ मष्ट ब्युटीफुल आईज, मनिषा महर्जन बेस्ट फिजिक्स, चण्डिका श्रेष्ठ फेसन आइकन अवार्ड, नन्दनी श्रेष्ठ मस्ट एक्टिभ, रेबिका ढुंगेल मष्ट कन्फिडेण्ट, युनिषा लामा मष्ट फोटोजेनिक, मनिला थापा फेसबुक च्वाईस र प्रियंका शाह म्यानेजमेण्ट च्वाईस अवार्ड विजेता भए।

त्यसै गरी मिसेस ब्युटीफुल नेपाल २०१७ तर्फ बिना तामाङ फस्ट रनर्सअपका साथमा बेस्ट फिटनेस तथा अमृता राना सेकेण्ड रनर्सअपका साथमा बेष्ट स्किन उप उपाधिको विजेता भए। यो प्रतियोगितामा सोनी चौरासिया मष्ट पपुलर, बेस्ट फिजिक्स र फेसबुक च्वाइस, समिता श्रेष्ठ बेष्ट क्याटवक र बेष्ट फोटोजेनिक, रेखा सिंगल बेष्ट ट्यालेन्ट र पुष्पा बज्राचार्य मष्ट फ्रेन्डली घोषित भए।

कोरियोग्राफर आश्विनी झाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा अभिनेता सरोज खनाल, अभिनेत्री सञ्चिता लुईंटेल र जस्मिन श्रेष्ठ, नेपाल चलचित्र निर्देशक समाजकी अधक्ष्य सुचित्रा श्रेष्ठ, संचारकर्मी सुर्य चन्द र रोज प्याकुरेल र इभेन्ट अर्गाइनजर निशुकान्त झा निर्णायक
रहेका थिए।

प्रतिक्रिया दिनुहोस्