हैटीद्वारा सात वर्षपहिलेको विनासकारी भूकम्पको स्मरण



THIS IMAGE: A young boy escapes the violence that grew amid desperate looters, as gang-related gunfire broke out in downtown Port-au-Prince.

मेक्सिको सिटी ९मेक्सिको०, २९ पुस । हैटीमा सात वर्ष पहिले गएको विनासकारी भूकम्पले पु¥याएको पिडाको स्मरण गर्दै बिहीबार आगामी दिनमा आउनेसक्ने विपद्को व्यवस्थापनका लागि सजग बन्ने अभिप्रायका साथ विविध कार्यक्रम गरियोे ।

सन् २०१० को जनवरी ११ मा गएको विनासकारी भूकम्पका कारण हैटीमा करिव दुई लाख २० हजार मानिसको मृत्युभएको र तीस हजार व्यापारिक भवन सहित दुई लाख ५० हजार घरहरु पूर्णरुपमा भत्किएका थिए ।

हैटी सरकारले प्रत्येक वर्ष जनवरी १२ मा हैटीको विनाशकारी घटनाको प्रतिविम्व र जागरुकताका लागि स्मरण गर्ने राष्ट्रिय दिनको घोषणा गरी आफ्नो नागरिकलाई जोखिम न्यूनिकरणप्रति सजग बनाउन कार्यक्रम गर्ने जनाएको छ ।

यसैबीच हैटीका अन्तरिम राष्ट्रपति जोसलम पिभटले विनासकारी महाभूकाम्पको स्मरणमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै महाविपत्तिमा ज्यान गुमाएका नागरिकको सम्झनामा स्थापना गरिएका स्मारकमा पुष्प गुच्छा चढाएर मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्