जाजरकोटमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु



(दिपेन्द्र शर्मा)/ जाजरकोट, २८ पुस ।
पौष्टिक आहार बोकेको टयाक्टर दुर्घटना हँुदा  जाजरकोटमा एक जनाको ज्यान गएको छ । जाजरकोट जुम्ला सडक अन्तरगत  ढिमे–१ का दम्दाला चुइक नाउलीमा टयाक्टर दुर्घटना हुदा चेपीएर टयाक्टर मालीक वर्दिया निवासी २५ वर्षीय हरि वहादुर पुनको घटना स्थलमा मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टर चालक हस्तबहादुर बुढा  सामान्य घाईते भएका छन ।

जाजरकोटको सदरमुकाम खंलगा देखि जिल्लाको उत्तर गाविस ढिमेको खुर्पा सम्मका लागी  विद्यालयमा विद्यार्थीहरु लाई दिवा खाजाको रुपमा खुवाइने पौष्टिक आहार लिएर गएको भे १ त ५७०७ नम्बरको ट्याक्टर बिहिबार बिहान ११ बजे तिर जाजरकोट जुम्ला सडक अन्तरगत दम्दालाको चुइकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । टयाक्टर जाजरकोट जुम्ला सडकबाट २५ मिटर तल खसेको प्रहरी जनाएको छ ।

टयाक्टरमा चेपीएर मृत्यु भएका  मालीक हरि वहादुर पुनको शवलाई पोष्ट मार्टमकालागी जिल्ला अस्पताल जाजरकोटमा आजै ल्याइने जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमाले जानकारी दिए ।  घाइते ट्याक्टर चालक हस्तबहादुर बुढा लाई स्थनीय मेडिकलमा उपचार भइरहेको डिएसपी रिमालले बताए । चिसो मौसमका कारण सितले गर्दा बाटो चिप्लो हुँदा टयाक्टरका टाएर चिप्लीएर दुर्घटना भएको डिएसपी  रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्