व्यापारीले नष्ट गरे अखाद्य वस्तु



(धनवीर दाहाल)/ रुकुम २८ पुस ।
व्यापारीहरुले म्याद गुर्जिएको खाद्यबस्तु नष्ट गरिएको छ । रुकुम उद्योग वाणिज्य संघको अगुवाईमा म्याद गुर्जिएका खाद्यवस्तु नष्ट गरिएको हो ।

अबैध रुपमा बिक्री वितरण भैरहेको अखाद्य वस्तु  नष्ट गरेको रुकुम उद्योग वाणिज्य संघ रुकुमका सदस्य मोहबीर खड्काले जानकारी दिएका छन् ।

उनले भने, –‘घुमन्ते व्यापारी धर्मेन्द्र बैस्यले  ओम फूड प्रोडक्स रुपन्देहीबाट ब्याज  नम्बर उल्लेख नगरेको र खुल्ला बोरामा ल्याएको १५ क्युइन्टल सोयाविन नष्ट व्यापारीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ।’

उक्त म्याद गुर्जिएको खाद्यबस्तु प्रहरीले व्यापारीहरुको रोहबरमा नष्ट गरको जनाएको छ । घुमन्ते व्यापारी धर्मेन्द्र बैस्यले  जिलको विभिन्न ठाउँबाट म्याद गुर्जिएको अखाद्य वस्तु रुकुमका विभिन्न बजार केन्द्र सोलावाङ, झुल्नेटा, राडि, रुकुमकोट, चौरजहारी लगायतका क्षेत्रमा बिक्री वितरण गदै आएको रुकुम उद्योग वानिज्य संघले जनाएको छ । रुकुम उद्योग वानिज्य संघ रुकुमले केही समययता कर छलेर घुमन्ते व्यापारी रोक्न प्रयास गरिहरको छ ।

प्रतिक्रिया दिनुहोस्