एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ – ऊर्जा मन्त्री



अर्घाखाँची, २८ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाले)सँग सहमति भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गर्नु भयो ।

मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने पनि आश्वासन दिनुभयो ।

उहाँले देशभिर नै विद्युत्भार कटौती अन्त्य गर्र्ने गरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै अहिले काठमाडौँसहितका सहरमा विद्युत्भार कटौती मुक्त भएको उल्लेख गर्नु भयो ।

उहाँले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगङ्गा, अरुण तमोर, बूढीगण्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्