गोरखामा पनि मनाइयो पृथ्वी जयन्ती



(सन्तोष अधिकारी)/गोरखा, २७ पुस ।

पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्ती गोरखामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । गोरखामा राप्रपा नेपालले कार्यक्रम गरी पृथ्वीनारायण शाहलाई सम्झना गरेको थियो ।

गोरखा सदरमुकामको हरमटारी चोक देखि बाजागाजा सहितको ¥याली सदरमुकामको विभिन्न क्षेत्र हुँदै पृथ्वीनारायण शाहको शालिक भएको ठाउँ गोरखा संग्राहलय परिसरमा पुगेको थियो ।

राप्रपा नेपालका जिल्ला अध्यक्ष भगवानदास मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रि अध्यक्ष महेश्वर रोका लगायत जिल्लाका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नेहरुले पृथ्वीनारायण शाहकै कारण आज हामी गोरखाली, नेपाली बन्न र भन्न पाएकोले सरकारले बेवास्ता गरेको भन्दै गुनासो पोखे ।

देश जोगाउन पृथ्वीनारायण शाहको बाटोमा सबै राजनीतिक दल लाग्नुपर्ने बताएका थिए । देशले पर्वको रुपमा मान्ने दिनमा विदा नदिनु सरकारले पृथ्वीनारायणको योगदान नबुझ्नु भएको कार्यक्रममा बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्