घर बनाउन अनुदान रकम नपाएपछि आफैं घर बनाउँदै भत्तपुरे



(विपना मुसिख्वाल) /भक्तपुर, २७ पुस ।
भक्तपुरका भुकम्प पीडितहरुले घर पुनः निर्माणकालागी अनुदान नपाएपछि आफैं घर बनाउँन लागि परेका छन् । सरकारले दिने भनेको अनुदानमा ढिलाई भएपछि भुकम्प पीडितहरुले आफ्नो पुर्खौली सम्पतिको प्रयोग गरी घर बनाउन थालेका हुन् ।

भक्तपुर दत्तात्रयका भकम्प पीडित विष्णुमाया लवजुले भन्नुभयो,– ‘घर बनाउन सम्झौता भईसकेको छ । तर, राहत स्वरुप गत वर्ष २५ हजार रुपैंया मात्रै पायौं । सरकारले पैसा नदिएपछि भएको रकम र ऋण लिएर घर बनाउन सुरु गरेको छु ।’

यस्तै भुकम्प पिडीत ९० वर्षिया बृद्ध कमलवहादुर सुवालले भन्नुभयो,– ‘भुकम्प गए पछि पालमा वस्न थालेका छौं । पाल कुहिन थाल्यो । वर्षामा पानीको डर, हिउँदमा जाडो र हुरीवतासको डर हुन्छ । सरकारले अनुदान दिने भनेको त सुन्छु । तर, त्यो कुरा आकाशको फल आखाँ तरी मर जस्तै भएको छ ।’ भुकम्पका कारण भक्तपुर नगरमा १० हजार घर क्षतिग्रस्त भएको भक्तपुर नगरपालिकाले बताएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकूत अम्विका धौभडेलले घर निर्माणका लागी ६ हजार ८ सय ८७ जनाको लाभग्राहि स्वीकूत भएको छ । असोज २९ गते देखि १५ दिनको म्याद राखेर १७ वटा शाखाबाट पुर्ननिर्माण सम्झौता भएको छ ।

वास्तविक भुकम्प पीडित छुटेका कारण एक वर्षको म्याद दिई गुनासो फारम भर्न लगाएको भक्तपुर नगरपालीकाले बताएको छ । आर्थिक वर्ष २०७३÷०७४ को चार महिनामा साढे तीन सयवटा घर बनाउन नक्सा पास भएको छ ।

प्रतिक्रिया दिनुहोस्