सार्वजनिक विदा हेरफेर गर्ने सरकारको निर्णय



काठमाडौं, (नेस)।
सरकारले सार्वजनिक बिदा हेरफेर गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि जानकारी दिँदै सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले भन्नुभयो, ‘कुन कुन पर्व वा समारोहमा बिदा दिने पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई भनेका छौँ’, ।

बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिएको समेत उहाँले बताउनुभयो,’ कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको हो ।’ कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्