माकजूलाई मानार्थ विद्यावारिधि



काठमाडौं, (नेस)
धुलिखेल अस्पतालका संस्थापक कार्यकारी निर्देशक तथा काठमाडौं विश्वविद्यालयका निर्वतमान उपकुलपति प्राडा रामकण्ठ माकजूलाई थाइल्यान्डको एक विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।

नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन तथा कदर गर्दै उहाँलाई सम्मान गरेको गरिएको जनाइएको छ। उहाँलाई गत सोमबार एक समारोहकाबीच थाइल्यान्डका नरेशद्वारा सो उपाधि प्रदान गरिएको प्रेषित वक्तव्यमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्