‘कालालाई टिप दिन्नौं’



भर्जिनिया, (एजेन्सी)
अमेरिकाको एउटा रेस्टुरेन्टमा वेट्रेसलाई काली भएका कारण टिप नदिएको घटना सार्वजनिक विवादको विषय बनिरहेको छ।
भर्जिनियास्थित रेस्टुरेन्ट ‘अनिटा’मा काम गर्ने ती वेट्रेस केली कार्टरलाई एउटा जोडीले टिप दिनुसट्टा एउटा पर्ची थमाइदिए। पर्चीमा लेखिएको थियो– अत्यन्त राम्रो सेवा, तर हामी कालालाई टिप दिँदैना’।

अमेरिकामा टिप दिने परम्परा छ। त्यहाँ वेटरहरूको तलब तुलनात्मक रूपमा न्युनतम् वेतनभन्दा कम हुन्छ र उनीहरूको आम्दानी बढाउने स्रोत भनेको टिप हो। रेस्टुरेन्टका मालिक टमी टेलेजले उक्त घटना अभुतपूर्व भएको प्रतिक्रिया दिएका छन्।

टिप दिन अस्विकार गर्ने गोरा जोडीको उमेर २० देखि ३० वर्षको बीचमा रहेको र उनीहरूले त्यहाँ खाने पिउनेमा ३० डलर खर्च गरेका थिए। केली कार्टरले आफू अहिले पनि ती जोडीलाई खुसी–खुसी स्वागत गर्न तयार रहेको बताएकी छिन्। आफूलाई घृणाले भरिएको एउटा टिप्पणीले रोक्न नसक्ने पनि उनले बताइन्।
कार्टरले भने– ‘म अहिले पनि खुला हातले उनीहरूलाई स्वागत गर्छु। उनीहरूले आफैंलाई नोक्सान पुर्याएका छन्। मलाई त झन बलियो बनाइदिएको छ।

रेस्टुरेन्टका मालिक टेलेजले उक्त नोट चित्त दुखाउने खालको र घृणाले भरिएको बताए। तर ती जोडीलाई फेरि सर्भ गर्ने केलीको फैसलाको पनि आफूले समर्थन गरेको बताए।’ घटनापछि केलीलाई समर्थन गर्ने धेरै निस्केका छन् र उनीहरूले उनलाई पैसा पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्