महिन्द्राको ई २० कार बजारमा



काठमाडौं, (नेस)
अग्नि ग्रुप भारतको अटोमाबाइल उत्पादक महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता हो। यस ग्रुपअन्तर्गतको अग्नि इनर्जी प्रालिले महिन्द्रा कम्पनीको ई २० स्पोटेज बजारमा ल्याएको छ। महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य २६ लाख रुपियाँ तोकिएको कम्पनीले जनाएको छ।

महिन्द्रा ई २० को स्पोर्ट्स् भेरिएन्ट यस कारमा विभिन्न उपयोगी फिचर्स जस्तै डुअल एयरबैग, एबीएस, फास्ट चार्जिङ तथा रियर वाइपर रहेका छन्। १२७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। लेदर सिटका साथ प्रिमियम स्टाइलिङ, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ माउन्टेड अडियो कन्ट्रोल पनि यसमा रहेको छन्। यसमा सय किलोमिटर प्रतिघण्टाको टप स्पिड सक्षम रहेको छ।

महिन्द्रा ई २० स्पोटेजको अनावरण कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिकका सीईओ महेश बाबुले भन्नुभयो–‘इलेक्ट्रिक भेहिकल प्रतिको लोकप्रियता बढ्दै गएको पाएको छु। त्यो दिन टाढा छैन जब इलेक्ट्रिक गाडीले फसिल फ्यूलमा चल्ने गाडीलाई उछिन्ने छन् र सडकमा भारी मात्रामा देखिने छन्। त्यसैले यस बदलावलाई अभैm गति दिन हामीले नेपालमा पनि महिन्द्रा ई २० को अनावरण गरेका हौं।’

प्रतिक्रिया दिनुहोस्