पाकिस्तानद्वारा पनडुब्बी क्षेप्यास्त्रको सफल परीक्षण



इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानीले पनडुब्बीबाट प्रहार गर्न सकिने आफ्नो पहिलो क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। बाबर–३ नामको उक्त क्षेप्यास्त्रको विस्तार क्षमता ४ सय ५० किलोमिटर रहेको पाकिस्तानी सेनाले जानकारी दिएको छ।

पाकिस्तानको इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)ले उक्त क्षेप्यास्त्र हिन्द महासागरको एउटा अज्ञात स्थलबाट प्रक्षेपण गरिएको जनाएको छ। क्षेप्यास्त्रलाई पानीभित्रको एउटा मोबाइल प्लेटफर्मबाट प्रहार गरिएको र त्यो आफ्नो लक्ष्यमा पुग्न सफल भएको सेनाले बताए।

पाक सेनाका प्रवक्त मेजर जनरल आसिफ गफुरले उक्त परीक्षणको भिडियो ट्विटरमा पोष्ट गरिएका छन्, जसमा क्षेप्यास्त्र पानीबाट जमिनमा प्रहार गरेको देखाइएको थियो। पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले उक्त सफलतालाई लिएर देश र सेनालाई बधाइ दिएका छन्। उनले आत्मनिर्भरता र प्रविधि क्षेत्रमा महत्त्वपूर्ण विकास कार्य भएको बताए।

पाकिस्तान सेनाले यसलाई एउटा वैज्ञानिक उपलब्धि बताएको छ। सेनाले छिमेकी देशहरूको परमाणु रणनीतिको जवाफमा यस प्रकारको प्रविधिको विकास आवश्यक भएको बताएको छ। बाबर–३ जमिनबाट प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्र बाबर–२ को पानीबाट प्रहार गर्न सकिने विकशित रूप हो। बाबर–२ गत वर्ष डिसेम्बरमा परीक्षण गरिएको थियो।

पनडुब्बीबाट प्रहार गर्न सकिने क्षेप्यास्त्र खतरनाक मानिन्छ। किनभने यो कहाँ छ भन्ने कुरा पत्ता लगाउन गाह«ो हुन्छ। यदि भारतले कुनैबेला आफ्नो परमाणु क्षमताको प्रयोग गर्दै पाकिस्तानलाई तहसनहस गरे पनि पाकिस्तानले उक्त क्रुज क्षेप्यास्त्रका माध्यमबाट भारतमाथि हमला गर्न सक्छ।

भारतसँग पनि समुद्र, हावा तथा स्थलबाट प्रहार गर्न सक्ने सबै प्रकारका क्षेप्यास्त्र छन्। भारतले हालै मात्र परमाणु पनडुब्बी पनि विकास गरेको छ। भारतसँग समुद्रबाट प्रहार गर्न सक्ने ७ सय ५० किलोमिटर रेन्जको क्षेप्यास्त्र छ र वैज्ञानिकहरू ३ हजार देखि ४ हजार किलोमिटर रेन्ज क्षमताको मार हान्न सक्ने क्षेप्यास्त्रमा काम गरिरहेका छन्। हालको स्थितिमा भारतको परमाणु क्षेप्यास्त्र क्षमता पाकिस्तानको भन्दा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्