करणसँग करिना र सोनमको खुलासा



बलिउड नायिका करिना कपुर आमा भइसकेकी छिन्। तर उनले गर्भवती अवस्थामा दिएको रोचक अन्र्तवार्ता भने बल्ल आउने भएको छ। उनले गर्भवती अवस्थामा करण जौहरको टेलिभिजन सो कफि विथ करणमा दिएको अन्र्तवार्ता आउने भएको हो। उक्त सोमा करिना कपुर र सोनम कपुर सँगै देखिनेछन्। यी दुई नायिकाको कुराकानी हेर्न निकै रमाइलो अनुभव हुने दाबी भारतीय सञ्चार माध्यमले गरेका छन्। आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्ने भनेर चिनिने नायिकाको अन्र्तवार्ता भएकाले यो रोचक हुने बताइएको छ। कफी विथ करणमा करणले जब करिना कपुरलाई सोधेका थिए ‘मानौं यदि तपाईं रणवीर कपुरको एक्स गर्लफ्रेन्ड कट्रिना कैफ र दिपिका पादुकोणसँग लिफ्टमा फस्नुभयो भने के गर्नुहुन्छ?’ उनले तुरुन्त जवाफ दिएकी थिइन् ‘आफूले आफँैलाई मारिदिन्छु।’

त्यसै गरी सोनम कपुरले यही सोमा आफूले आफैँलाई बलिउडको सर्वश्रेष्ठ अभिनेत्री भएको दाबी सोमा गरेकी छिन्। सोनमले यो सोमा आफूले बे्रेस्ट इम्प्लान्ट गरेको भन्ने खबर सोसल मिडियाबाट थाहा पाएको भन्दै व्यंग्य गरेकी छिन्। यसका अलावा नायिकाद्वयले थुप्रै रोचक कुरा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्