जङ्गली हात्तीको आक्रमणबाट पर्यटकको मृत्यु



रत्ननगर चितवन, २६ पुस / सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ ।

सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान साढे दश बजे हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

हात्ती प्रजनन् केन्द्रमा घुम्ने क्रममा निकुञ्जबाट आएको हात्तीले उनलाई आक्रमण गरेको जनाइएको छ । सौराहामा पालुवा हात्तीसँग सहवासका लागि जङ्गली हात्ती यहाँ आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्