हत्यामा संलग्नलाई गोली हानी पक्राउ



वीरगन्ज, २७ पुस ।
भारतीय युवकको हत्या गरी फरार भएका एक अभियुक्तलाई पर्सा प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ।

पर्साको बिजबनिया–७ गढैयास्थित आफन्तको घरमा लुकेर बसेका बाराको महागढीमाइ नगरपालिका–८ सेमरा तेगछीयाका बृजकिशोर गिरीलाई प्रहरीले गोली प्रहार गरि घाइते बनाएर नियन्त्रणमा लिएको हो ।

प्रहरीले हानेको गोली गिरीको बायाँ खुट्टाको घुडामुनि लागेको छ। उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रहरीको विशेष निगरानीमा उपचार भइरहेको छ ।

उनको विषयमा शव अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक गोबिन्द साहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्