इन्डोेनेसियामा शक्तिशाली भुकम्प



बेइजिङ चीन, २६ पुस / इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र सिइएनसीले जनाएको छ ।

सिइएनसीका अनुसार विहीबार विहानै गएको भुकम्प ७.२ रेक्टर स्केलको भएको र भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तर इन्डा्नेसिया मा परेको थियो ।

भुकम्पबाट भएको क्षतिबारे समाचार मङ्गलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।भुकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन । रासस / सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्