रोनाल्डोलाई बेष्ट प्लेयर अवार्ड



काठमाडौं, नेस  फिफाको पहिलो फिफा बेष्ट प्लेयर अवार्ड रियल माड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । स्टीट्जरल्याण्डको ज्युरिचमाआयोजित समारोहमा ३१ वर्षीय रोनाल्डोले आप्mनाचिर प्रतिद्धन्द्धी बार्सिलोनाकाअर्का स्टार खेलाडी लियोनल मेसीलाई मछारेर यो पुरस्कार हातपार्न सफलभएको न्यूजएजेन्सीहरुले लेखेका छन्।

फिफामा आवद्ध मुलुकका राष्ट्रिय टोलीकाकप्तान, प्रशिक्षक, फिफाले छनोट गरेकापत्रकार र अनलाइनपोलमार्पmतविजेताको छनौट गरिएको हो । यो वर्ष आप्mनो राष्ट्र पोर्चुगललाई युरोपियनच्याम्पियनको उपाधिदिलाउन सफल रोनाल्डोले यो वाहेक फुटबलका अन्य धेरै उपाधिहरु हातपारिसकेका छन् । शायदयहीभएर होला, अवार्ड हातपारेपछि रोनाल्डो आपैंmले पनि यो वर्ष निक्कै फापेको प्रतिक्रियादिएका छन् ।

प्रतिक्रिया दिनुहोस्