देवी दास बनेर



गायिका देवी खनालको दास बनेर शीर्षकको दोस्रो लोकगीत एल्बम हालै बजारमा आएको छ। श¬भारम्भ डिजिटल म्युजिकमार्फत बजारमा आएको यो एल्बमअगाडि उनले एक वर्षअघि घरमा आउनु माग्न नामक एल्बम बजारमा ल्याएकी थिइन्। युएईको दुबईमा बस्ने खनाल विवशताले विदेशिनु परे पनि लोक गीतसंगीतको आस्था र समयले साथ दिए प्रत्येक वर्ष एउटा एल्बम निकाल्ने बताउँछिन्।

विष्णु माझी र खेम सेन्चुरीको स्वर रहेको गीतमा शब्द क्षेत्र अर्यालको रहेको छ भने लय खरेल स्वयम्को रहेको छ। उक्त गीतको भिडियोमा रञ्जिता गुरुङ र कुलेन्द्र विश्वकर्माले अभिनय गरेका छन् भने विनोद बाजुरालीको एरेञ्ज रहेको छ। यो गीत र यसको म्युजिक भिडियोले यु ट्युबमा लोकप्रियता कमाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्