नेवारी मौलिक भोज ‘झ्व भ्वय्’ सम्पन्न



पोखरा, २४ पुस / बढ्दो आधुनिकतासँगै मौलिक खानाका परिकारसहित परम्परागत रुपमा ख्वाइने भोजलाई बफेट पार्टीले विस्थापन गर्न लागेको वर्तमान अवस्थामा यहाँ आज नेवारी सांस्कृतिक भोज ‘भ्mव भ्वय्’ सम्पन्न भएको छ ।

नेवाः खलः एवम् नेवाः मिसा पुचः कास्कीद्वारा संयुक्त रुपमा नेवाः छेँ भीमसेनटोलमा आयोजित सो भोजमा लामबद्ध बसेर लगभग एक हजार दुई सय जनाले सामूहिक नेवारी भोज खाएका थिए । नेवारी भाषामा ‘झ्व भ्वय्’ ले ‘लस्करै बसेर खाने भोज’ लाई बुझाउँछ । सहभागीमध्ये ज्येष्ठ सदस्यले खान सुरु गरेपछि मात्र अरूले खाने चलन रहेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष शान्ति उदास बताउनुहुन्छ ।

परम्परागत नेवारी संस्कृति संरक्षण, संवद्र्धन र विकाससँगै मौलिकपनलाई चिरकालसम्म बचाइराख्न सहयोगी यो कार्यक्रम सहयोगी बन्ने नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे बताउनुहुन्छ ।

सो अवसरमा नेवारी संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने एवम् कार्यक्रम सफल पार्न सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष शङ्करनारायण श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्