हिन्दू राष्ट्र स्थापनाका लागि अहिंसात्मक धर्मयुद्ध गर्ने



 

काठमाडौँ, २५ पुस । विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिव सेना पार्टीलगायतले आज पत्रकार सम्मेलन गरी वौद्धिककालदेखि चल्दै आएको धर्मलाई कायम नगरे धर्मयुद्ध गर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौँदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न लगाएको भन्दै आफूहरु धर्मयुद्धको तयारीमा लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“सामूहिक गौहत्या, बलात्कार, भ्रष्टाचार, तस्करीलगायत नकारात्मक कार्य हामी हेरेर बस्न सक्दैनौँ ।”

हिन्दू मोर्चा नेपालका अध्यक्ष विजय शर्माले धर्म, संस्कार, संस्कृति, नागरिक र मातृभूमिको रक्षाका लागि अहिंसात्मक धर्मयुद्ध गर्न लागेको बताउनुभयो ।

उहाँले धर्मयुद्धमा युद्ध गर्न वा लड्नभन्दा पनि विभिन्न सभा सम्मेलन गरेर धर्मका बारेमा आमनागरिकलाई जानकारी दिने उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्